Home / Feature Breaking news / महिला जेसीजको सप्ताहव्यापी कार्यक्रम, २० जनाद्धारा रक्तदान

महिला जेसीजको सप्ताहव्यापी कार्यक्रम, २० जनाद्धारा रक्तदान

दाङ,८ कार्तिक । दाङ महिला जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्तरगर्त दोस्रो दिन सोमबार घोराहीमा रक्तदान कार्यक्रम गरिएको छ । दाङ महिला जेसीजका अध्यक्ष ममता बिष्ट डाँगीको अध्यक्षता तथा दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका थिए ।

कार्यक्रममा शंकरप्रसाद डाँगी, रजिव उल्लाह खान, जुनु मगर, नीमा सुनार, संगीता मगर, नारायण भण्डारी,रोम थापा, बिष्णु गोराथोकी, रञ्जित परियार, सुशीला केसी, कुलबहादुर वली, माधव तिमिल्सेनालगायतले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा बोल्ने बक्ताहरुले महिला जेसीजले मानवीय सेवाको कार्यअन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरेर महत्वपूर्ण काम गरेको बताएका थिए । साथै उनीहरुले महिला जेसीज युवा महिलाहरुको सस्था भएको भन्दै नेतृत्व र व्यक्तित्व विकाससँगै सामाजिक विकासको कामलाई ग्रामीणस्तरसम्म लग्न आग्रह गरेका थिए ।

कार्यक्रममा दाङ महिला जेसीजका सस्थापक अध्यक्ष निर्मला गौतम, त्रिभुवननगर जेसीजका अध्यक्ष मुकेश्वर शर्मा, दाङ महिला जेसीजका पूर्व अध्यक्ष निरजा पोख्रेल, नेपाल पत्रकार महासघ दाङ शाखा सचिव आर.के. शीतल, रक्त सन्चार केन्द्र घोराहीका इन्चार्ज दिलिप न्यौपाने, रोटरी क्लब अफ दाङका अध्यक्ष रजिव उल्ला खानलागायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा सप्ताहव्यापी कार्यक्रमको बारेमा मुल कार्यक्रम संयोजक जुनु मगरले जानकारी गराएकी थिइन भने कार्यक्रमका सहभागीहरुलाई कार्यकारिणी उपाध्यक्ष संगीता गिरीले धन्यवाद ज्ञापन गरेकी थिइन । कार्यक्रम संयोजक नीमा सुनारको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण महासचिव सुनिता थापाले गरेकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*