Home / समाचार / मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता सुरु

मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता सुरु

अर्घाखाँची–लुम्बिनी प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।
सन्धिखर्कस्थित टुँडिखेलमा मंगलबारदेखि लुम्बिनी प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले उद्घाटन गर्नु भएको छ ।
प्रतियोगिता उद्घाटन हुनुअघि बाजागाजा सहित झाँकी र ¥याली निकालिएको थियो । चैत ८ गते प्रतियोगिताको समापन गरिने छ ।
प्रतियोगितामा ११ जिल्लाका खेलाडी भाग लिएका छन् । भलिबल खेलमा प्रथम हुनेलाई १ लाख नगद ट्रफी र मेडल, त्यस्तै द्वितीय पुरस्कार ६५ हजार, तृतीय पुरस्कार ३५ हजार, सान्त्वना पुरस्कार १५ हजार दिइने प्रदेश खेलकुद परिषद् लुम्बिनीले जनाएको छ । सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार र उत्कृष्ट ६ विधामा जनही ५ हजार रुपैयाँ दिइनेछ ।
प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव तिरणदाज गौतमको अध्यक्षता तथा सरकारका प्रवक्ता एवम् कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको मुख्यमन्त्रीका स्वकीय अधिकृत प्रदिप नेपालीले जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका प्रमुख तथा उपप्रमुख लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*