Home / Feature Breaking news / लुम्बिनी प्रदेश लिग फुटबल : न्यु स्टार दाङको जीत सुरूवात

लुम्बिनी प्रदेश लिग फुटबल : न्यु स्टार दाङको जीत सुरूवात

दाङ, ६ चैत ।

दोस्रो लुम्बिनी प्रदेश लिग फुटवल प्रतियोगिता–२०८१ मा दाङको न्यु स्टार फुटबल एकेडेमी बिजयी भएको छ ।

न्यु स्टार फुटबल एकेडेमीले प्रतियोगिताअन्तर्गत बुधवार पश्चिम नवलपरासीको बर्दाघाट नगरपालिका–१६ स्थित सुर्यनगर रंगशालामा भएको खेलमा कपिलवस्तुको गोल्डेन स्टार युवा क्लवलाई ४–२ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको हो ।

न्यु स्टारको जीतका लागि सागर पुनले दुई, भिमसेन थापा र केशमान घर्तीले समान १÷१ गोल गरेका थिए । जीतसँगै न्यु स्टार एकेडेमीले जारी प्रतियोगितामा महत्वपूर्ण अंक जोड्न सफल भएको छ । खेलमा उत्कृष्ठ प्रदर्शन गर्ने न्यु स्टार फुटबल एकेडेमीका खेलाडी सागर पुन म्यान अफ द म्याच बनेका थिए । प्रतियोगिताअन्तर्गत अव तेश्रो खेल चैत ७ गते साँझ ४ बजे पाल्पाको न्यु युथ युनियनसँग खेल्ने तालिका रहेको न्यु स्टार फुटबल एकेडेमी नारायणपुरका अध्यक्ष खुमबहादुर वलीले जानकारी दिएका छन् ।

प्रतियोगिताअन्तर्गत न्यु स्टार फुटबल एकेडेमीले पहिलो खेल बर्दियाको जनजागृति युवा क्लवसंग गोलरहित बराबरीमा खेलेको थियो । जिल्ला च्याम्पियन न्यु स्टार फुटबल एकेडेमीको टिममा खेलाडीहरू आदित्य केसी, भिमसेन थापा, सुदीप केसी, सुजन बिक, सागर मगर, समर्पण थापा, नवीन बुढा, डेबिट चौधरी, किरन योगी, निसान डाँगी, सन्तोष बिक, प्रमोद बुढा, कमल डाँगी, हिमाल नेपाली, केसमान घर्ती, विकास राई, श्रृजन श्रेष्ठ, इश्वर विक र बिकेश चौधरी रहेका छन् ।

अफिसियल टिममा खुमबहादुर ओली, खुमबहादुर पुन र विनोद बिक रहेका छन् । चैत ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा लुम्बिनी प्रदेशका दाङ, बाँके, बर्दिया, पाल्पा, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीका जिल्ला एन्फा लिग च्याम्पियन बनेका सात टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगर दुई लाख २२ हजार दुई सय २२ रुपैयाँ र द्वितीय हुने टिमले नगर एक लाख एघर हजार एक सय ११ रुपैयाँसहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*