Home / Feature Breaking news / बाघको छालासहित दुई जना पक्राउ

बाघको छालासहित दुई जना पक्राउ

दाङ, ६ साउन

बाघको छालालसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले बाघको छालासहित दुई जनालाई दाङमा पक्राउ गरेको हो । पक्राउ पर्नेमा रुकुम पश्चिम र जाजरकोटका दुई व्यक्ती रहेका छन् ।

वुधवार विहान साढे ३ बजे घोराही उपमहानगरपालिकाको गोग्लीबाट पाटेबाघको जस्तो देखिने छालासहित २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा जाजरकोटको भेरी नगरपालिका वडा नं ९ का ३२ वर्षिय रामबहादुर दमाई र रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा न १० चौखाबाङका ५४ वर्षिय पुर्ण सिह सुनार रहेका छन् ।

उनीहरुको साथबाट ५ फिट २ ईन्च लम्बाई र १ फिट ४ ईन्च चौडाई भएको सुकेको एक थान बाघको छाला बरामद गरिएको रिजालले जानकारी दिनुभयो । पक्राउ गरेका व्यक्तीहरुमाथी थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*