Home / Feature Breaking news / दंगीशरणमा जनप्रतिनिधिहरु, एकात्मक विकासकालागी जनप्रतिनिधिहरु प्रतिवद्ध

दंगीशरणमा जनप्रतिनिधिहरु, एकात्मक विकासकालागी जनप्रतिनिधिहरु प्रतिवद्ध

खेमराज रिजाल
दंगीशरण,२० साउन । सवै स्थानीय तह र जिल्ला समन्वय समितिमा समेत नयाँं नेतृत्व आएसंगै जिल्ला समन्वय समिति दाङले पहिलो पटक दंगीशरण गाउपालिकामा घुम्ती अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । घुम्ती बैठकमा जिल्लाका दश तह मध्य नौ वटा पालिकाका प्रमुख तथा उपप्रमुखहरुको सहभागिता रहेको थियो ।

सवै पालिकाका जनप्रतिनिधिहरुलाइ हरेक महिना एकै स्थानमा भेला गराएर संम्वन्धीत पालिकाका समस्या, कार्यशैली र कार्यविधिलाई एक आपसमा अनुशरण गर्ने गराउने र आवश्यक परेमा परिमार्जन गराउने उद्देश्यले जिल्ला समन्वय समितिले यस्तो कार्यक्रमको थालनी गरेको हो । कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुले छाडा चौपायादेखि तुलसीपुरको विमानस्थलसम्मका विषयमा एकात्मक प्रयास थाल्ने सहमती समेत जनाएका छन् ।

कार्यक्रमको उद्देश्य र विषयबस्तुमाथि जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले जानकारी गराएका थिए । उनले सवै पालिकाहरुको समग्र विकास प्रणालीका विषयमा जानकारी बुदागत रुपमा प्रस्तुत गरे । पालिकामा शान्तिसुरक्षाको अवस्था, विकास योजना बाडफाड र खर्चको प्रश्रिया, आफ्ना पालिकाका महत्वाकांक्षि योजना, कर्मचारी जनप्रतिनिधिहरुबीचको संम्बन्ध, योजना छनौटमा देखिएका चुनौती, दिगो विकास लक्ष्य, लैंगिक समानता, लैंगिक हिंसा, जातजातीबीच विभेदको समस्या लगायतका समग्र विषयमा सवै तहका नेतृत्वहरुलाई जमघट बनाएर छलफलको सुरुआत गरिएको बताए ।

विषय प्रवेशसंगै प्रम्ख जिल्ला अधिकारी हिरालाल रेग्मीले घुम्ती बैठक जिल्लाको एउटा उच्च स्तरीय बैठक भएको भन्दै यसमा आवश्यक समय लिएर मात्रै उपस्थीत हुन सुझाएका थिए । प्रमुख जिल्ला अधिकारीको रुलिङसंगै जिल्लाका जनप्रतिनिधिहरुले सवै पालिकाका महत्वाकांक्षी योजनाहरु राखे ।

उनीहरुले केहि समस्या पनि राखेका थिए । ऐन कानुनमा नभएर पनि कार्यविधि बनाएर सम्वोधन गर्ने खालका योजना तथा विषयबस्तुका विषयमा पनि गम्भीर छलफल भएको थियो । कतै छाडा चौपायाको समस्या, कतै जग्गाको स्वामित्व एकातिर राजश्व अर्कातिर जस्ता समस्याहरु पनि जनप्रतिनिधिहरुबाट पोखिए । कतै सडक निर्माणमै साध विवादका कुराहरु पनि आएका थिए ।

पारदर्शिता, समृद्धि र सहकार्यकालागी आयोजना भएको बैठकमा जिज्ञासुहरुले राखेका सवै समस्याका विषयमा प्रमुख जिल्ला अधिकारीले आवस्यक रुलिङ समेत गरेका थिए । स्थानिय तहमा हुन सक्ने समाधानका सन्दर्भमा सवै जनप्रतिनिधिहरुले सहजीकरण गर्ने र जिल्ला समन्वय समितिले आवस्यक समन्वय गरेपछि सवै तह र तप्का स्वतः परीचालन हुने पनि उनले बताएका थिए ।

कार्यक्रममा धेरै विषयमा छलफल भयो । तर समग्रमा एउटा गम्भीर विषय लमही उपमहानगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले उठाएकी थिइन । साविकको फुलवारी गाविसमा रहेको अमिलिया अहिले लमही नगरपालिकामा गाभिएपनि आफ्ना स्थानियबासीको जग्गा मालपोत कर भने तुलसीपुर उपमहानगरपालिकाले उठाइरहेकोमा यसमा सहजीकरण गर्न जिल्ला समन्वय समितिलाई आग्रह गरीन् ।

‘नागरीक हाम्रा, कर राजशव अन्तै, हामीलाइ चित्त बुझेको छैन’, उपप्रमुख लक्ष्मीले भनिन् । उनको आग्रह याति मात्रै थियो, यो केन्द्रिय समस्या हो भने केन्द्रमा हामी जान्छौ,प्रदेशको हो भने प्रदेशमा जान्छौं, स्थानीय हो भने जिल्ला समन्वय समितिले यसको भुमिका निर्वाह गरीदनु पर्यो ।

विकासमा विवाद हुन्छन्, सहजीकरण र समन्वय पनि हुन्छ, त्यसवाहेक कानुनी प्रक्रिया पनि हुन्छ । कसैलाइ निजि श्रोतका शिक्षकलाई तलव खुवाउन मस्कील छ, कसैलाइ गौशाला बनाउन बनले जग्गा नदिएकोमा समस्या छ, त कसैलाइ सुरक्षा निकायलाइ चलायमान बनाउन समस्या छ । यी सवै समस्यालाइ कसरी समाधान गर्ने भन्ने तर्फ जिल्लाका प्रमुख तथा उपप्रमुखहरुले जिज्ञासा राखेका थिए । उनीहरुले राखेका जिज्ञासाहरुलाइ कतिपय अवस्थामा कार्यविधि निर्माण गर्नुपर्ने, कतिपय अवस्थामा मापदण्ड बनाउनुपर्ने तथा कतिपय अवस्थामा जिल्ला समन्वय समितिलेनै आवस्यक निर्देशन दिनुपर्ने पनि देखिएको थियो ।

शान्तिनगर गाउपालिकाका प्रमुख प्रमोद बस्नेतले गतेखोला—पुरन्धारा सडक स्तरोन्नती भैरहंदा केहि समस्या उत्पन्न भएकाले स्तरोन्नतीको कामनै रोकिएको बताए । यसमा सहजीकरण र समन्वय गर्नकालागी उनले जिल्ला समन्वय समिति र प्रमुख जिल्ला अधिकारीको समेत साथ र सहयोगको अपेक्षा गरे । त्यसैगरीआफ्नो पालिकामा कुनैपनि विकाश निर्माणको कामको ठेक्का लिने तर तोकिएको समयमा काम नगर्ने ठेकेदारहरुबाटसुन्य दशमलव पाच प्रतिसत जरीमान राजश्व समेत गाउपालिकालेलिएको उनले बताए ।

पहिलो सुरुआत बैठकमा यतिधेरै समस्याका पोखा खोलिएका छन् कि सवै समाधान उन्मुख पनि छन् । स्थानिय पालिकाहरुबीचको समन्वय र जिल्ला समन्वय समितिको भुमिका संगै स्थानिय प्रशासनको समेत साथ भएमा उनीहरुले पोखेका समस्या सवै समाधानकालागी उपयुक्त विषयबस्तुहरु थिए ।

तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले छाडा चौपायाको समस्या पोखिरहंदा घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीले चारलेन सडक निर्माणकर्ता वेखवर हुंदा चौतर्फ समस्या झेल्नुपरेको अभिव्यक्ति दिइन् । बगलाचुली गाउपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसीले गाउपालिकामा एक घर एक धारा गाउसभामा पास गरेपनि पानीको चुनौति भएको भन्दै लिफ्ट सिचाइ वा आकासको पानी जम्मा जर्ने भन्नेमा आफुहरु क्रियाशिल भएको बताए ।

घुम्ती बैठकमा राजपुर गाउपालिकाका प्रमुख शरदकुमार बुढाथोकीले चुनौति हुंदाहुंदै पनि आधारभुत तहसम्म निशुल्क शिक्षालाइ प्राथमिकतामा राखेको बताए । उपाध्यक्ष धनपती यादवले पनि पालिकामा उपप्रमुखका विषयमा देखिएका समस्या वारे बताएकि थिइन् भने राप्ती गाउपालिकाका उपप्रमुख कमलापति चौधरीले युवाहरुलाइ दुव्र्यशनी मुक्त बनाउन एउटा चुनौति रहेको बताइन् । उनको अभिव्यक्तिमा भौतिक विकाससंगै मानव संसाधन र सामाजिक विकाशमा पनि आफुहरुले लविङ गरीरहेको भन्ने थियो ।

राजपुर गाउपालिकाका उपाध्यक्ष धनपती यादवको अभिव्यक्ति भने खारीएको थियो । सवै काम कार्यविधि र निति बनाएर मात्रै गर्ने हो । तैपनि नाकाबासीको समस्या समाधान गर्नकालागी आफुहरुलाइ सुरक्षा निकाय संगै जिल्ला समन्वय समितिको पनि साथ र सहयोग आवस्यक रहेको उनको अभिव्यक्ति थियो ।

जिल्ला समन्वय समितिको आयोजनामा अर्को बैठक राप्ती गाउपालिकामा हुने छ । आउदो भदौ १९ गते हुने बैठकमा दंगीशरण बैठकमा भएका निर्णयहरुमा सहमती जनाइने छ । बैठकमा सवै पालिकाका प्रमुख र उपप्रमुखहरुको अनिवार्य उपस्थीतिकालागी जिल्ला समन्वय समितिले आग्रह गरेको छ । बैठकमा कति समयको हुने र बैठकमा आउने जनप्रतिनिधिहरुले पालना गर्नुपर्ने आचारसंहिताका विषयमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी गराएका थिए । बीचमै उठेर जाने गरी कुनैपनि बैठकमा सहभागि नहुन पनि उनले जनप्रतिनिधिहरुलाइ आग्रह गरेका थिए ।

बैठकमा दंगीशरण गाउपालिकाका प्रमुख शम्भु गिरीले धन्यवाद ज्ञापन गरेका थिए । जिल्ला समन्वय समितिका सदस्य टोपाराम चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण दंगीशरण गाउपालिकाका प्रमुख शम्भु गिरीका प्रेस सल्लाहकार प्रमोद आचार्यले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*