Home / Feature Breaking news / व्यवसायीलाई कर तिर्ने सुविधा उद्योग वाणिज्य संघमा

व्यवसायीलाई कर तिर्ने सुविधा उद्योग वाणिज्य संघमा

दाङ, २० साउन । साना व्यवसायीहरुलाई राजस्व तिर्नका लागि आन्तरिक राजस्व कार्यालय तुलसीपुरसम्म जानुपर्ने वाध्यता हटेको छ । आन्तरिक राजस्व कार्यालय तुलसीपुरसँगको सहकार्यमा दाङ जिल्ला उद्योग वाणिज्य संघले घोराहीबाट नै राजस्व बुझाने व्यवस्था गरेपछि तुलसीपुर जानुपर्ने बाध्यता हटेको हो ।

व्यवसायीहरुलाई राजस्व तिर्नका लागि तुलसीपुर पुग्नुपर्ने बाध्यता हटेको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिह बुढाथोकीले बताए । ‘साना व्यवसायीहरुलार्य कर तिर्नकै लागि तुलसीपुर जानुपर्ने वाध्यता घटेको छ’,अध्यक्ष वुढाथोकीले भने । कर बुझाउनका लागि तुलसीपुर जानु पर्दा एक दिन नै खर्च गर्नुपर्ने बाध्यता रहेको व्यवसायीहरु बताउछन् ।

घोराहीमा नै राजस्व वुझाउन पाउदा आफुहरुलाई सहज भएको उनीहरु बताउछन् । आफुहरुलाई समय तथा आर्थिक रुपमा समेत वचत भएको व्यावसायीहरुको भनाइ रहेको छ । उद्योग वाणिज्य संघवाटै यस प्रकारको सुविधा पाएपछि अब साना व्यवसायीलाई त्यस प्रकारको समस्याको समाधान हुने उनले बताए । व्यवसायीको सहजताका लागि संघले विभिन्न निकायसँग सहकार्य गर्दै आएको अध्यक्ष बुढाथोकीले बताए ।

उद्योग वाणिज्य संघबाट ‘डे वान र डे टु’ सम्वन्धी सेवा लिन सकिने छ । उद्योग वाणिज्य संघबाट १ करोडसम्म कारोबार गर्ने व्यवसायीले सेवा लिन सक्ने छन् । संघबाट अन्त शुल्कको इजाजत नविकरण, कर चुक्ता प्रमाण पत्र, आइपिएस प्रविधिबाट सेवा प्रदान गरिने संघले जनाएको छ । संघले प्रदान गरेको सेवाको सदुपयोग गर्न समेत उद्योग वाणिज्य संघले जनाएको छ ।

सरकारले साना व्यवसायीहरुलाई राजस्वमा ७५ प्रतिशत छुट दिएको छ । सरकारले दिएको छुटको अवसरको सदुपयोग गर्न समेत सबैलाई उद्योग वाणिज्य संघले आग्रह गरेको छ । व्यावसायीहरुलाई सेवा दिनका लागि विहान १० वजे देखि वेलुका ५ वजे सम्म कर्मचारी तथा संघका पदाधिकारीहरुले सहयोग गदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*