दाङ,११ बैशाख । घोराहीका युवा व्यवसायी रुपक थापाले भाडामा रहेका आफ्ना चारवटा घर र एउटा फर्मको भाडा ३ लाख १० हजार रुपैयाँ नलिने घोषणा गरेका छन् । लकडाउनका कारण व्यवसाय ठप्प रहेका कारण यो अवधिमा भाडामा रहेका कुनै पनि घरको भाडा नलिने थापाले वताएका छन ।
घोराहीमा रहेको थ्री स्टार होटेलको एक महिनाको भाडा एक लाख ५० हजार रुपैयाँ छुट दिने थापाले वताए । यसैगरि घोराही सर्रामा रहेको कुखुरा फर्मको साढे दुई महिनाको भाडा १ लाख रुपैयाँ छुट गर्ने उनले वताए । यसैगरि घोराही तुलसीपुर चोकमा रहेको घरको एक महिनाको भाडा ४५ हजार गोग्ली स्थित अर्को घरको एक महिनाको भाडा १५ हजार रुपैयाँ गरि कुल ३ लाख १० हजार रुपैयाँ भाडा छुट गर्ने थापाको भनाई छ ।
एक महिने लकडाउनका कारण अहिले ब्यापार व्यवसाय ठप्प छ । यसर्थ आँफूले यो अवधिमा घर भाडामा लिएकाहरुसंग भाडा नलिने निर्णय लिएको थापाले वताए । ‘कोरोना संक्रमणका कारण विश्व त्रस्त बनिरहेका बेला मैले गरेको यो सानो सहयोगले पनि घर भाडामा लिएकाहरुलाई केहि राहत मिल्ने महशुस गरेको छु,’ उनले भने ।
त्यसोत, सरकारले समेत लकडाउन अवधिको घर भाडा नलिन घरधनीहरुलाई आग्रह गरेको छ । थापाले सरकारको यो आग्रहलाई स्वीकार गरेर भाडा छुट दिने निर्णाय लिएको पनि वताए । ‘जताततै ब्यापार व्यवसाय चौपट भैरहेको बेला मैले भाडा छुट दिने निर्णय गर्नु नेपाली नागरिक हुनुको मेरो कर्तव्य पनि हो ,’ उनले भने ‘सरकारले समेत भाडा नलिन भनिरहेका बेला मैले सरकारको यो भनाईको अनुसरण गरेको पनि हो ।’
RaptiSandesh RaptiSandesh