Home / Feature Breaking news / वन मुद्दाका ५ फरार प्रतिवादीहरु प्रकाउ

वन मुद्दाका ५ फरार प्रतिवादीहरु प्रकाउ

दाङ,२४ जेठ । वन मुद्धामा फरार पाँच जना प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । २०७४ फागुन १४ गते सामुहिक वन मुद्दामा दाङ देउखुरी जिल्ला अदालतले दोषी ठहर गर्दै एक लाख अठतिस हजार नौ सय सत्र रुपैया सैतिस पैसा जरिवानाको फैसला गरेको हो ।

अदालतको फैसलापछि फरार रहेका उनीहरुलाई प्रहरीले तीन बर्षपछि पक्राउ प्रहरीले आइतवार पक्राउ गरेको हो ।

फरार रहेका प्रतिवादीहरुलाई खोजतलास गर्दै जाँदा आइतवार दिउसो दुई बजेको समयमा घोराही उपमहानगरपालिका वडा नंं.२ निमुरियामा लुकिछिपी बसेको अबस्थामा घोराही उपमहानगरपालिका २ निमुरिया निवासी ५४ बर्षीय गिरिराज गिरी, सोही ठाउँ निवासी ५३ बर्षीय रामप्रसाद पाण्डे, वडा नं. २ बलरामपुर निवासी ५६ बर्षीय सिता देवकोटा, सोही ठाउँ निवासी ४४ बर्षीय लालबहादुर चौधरी र निमुरिया निवासी ४७ बर्षीय आलोक घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका प्रतिवादीहरुलाई प्रहरीले अदालत बुझाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक एव प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*