Home / Feature Breaking news / लमही र राजपुरलाई स्वास्थ्य सामग्री सहयोग

लमही र राजपुरलाई स्वास्थ्य सामग्री सहयोग

दाङ, २४ जेठ । स्कुल अफ डेमोक्रेसी दाङ, लायन्स क्लब अफ घोराही सिटी र जालपा लघुबित्त बितिय सस्थाले आज देखि संयुक्तरुपमा जिल्लाका विभिन्न पालिकाहरुलाई स्वास्थ्य सामाग्री बितरणको काम शुरु गरेका छन् । बरिस्ठ पत्रकार तथा राप्ती समाज युकेका भगिरथ योगीमार्फत प्राप्त पाँच पाँच लिटरको अक्सिजन कन्सन्टेटर मेसिन दाङको लमही अस्पताल र राजपुर गाउँपालिकालाई प्रदान गरिएको स्कुल अफ डेमोक्रेसी दाङका अध्यक्ष बिमला योगीले जानकारी दिएकी छिन ।

कोरोना भाईरसको महामारीबाट नागरिकलाई सुरक्षित राख्नका लागि स्थानिय सरकारलाई सहयोग पुर्याउने उदेश्ले स्कुल अफ डेमोक्रेसी दाङको समन्वयमा राप्ती समाज युकेले उपलब्ध गरायको मेसिन आज दुई पालिकालाई उपलब्ध गरायको र आबश्यकता अनुसार अन्य पालिकाहरुमा पनि प्रदान गर्नका लागि पहल भैरहेको उनले बताएकी छिन । उक्त मेसिन लमहीमा लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसी र लमही अस्पतालका मेडिकल डाईरेक्टर रन्जिता महतोलाई हस्तान्तरण गरिएको थियो ।

त्यसै गरि राजपुर गाउपालिकामा गाउँपालिकाका उपाध्यक्ष धनपति यादबलाई हस्तान्तरण गरिको थियो । यस अघि स्कुल अफ डेमोक्रेसी दाङले अति बिपन्न समुदायका कोरोना लक्षण देखिएका तर आर्थिक अबस्था कमजोड भयका १५ जनालाई पिसिआर परिक्षण तथा उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको अध्यक्ष योगीले जानकारी दिएकी छिन ।

लायन्स क्लब अफ घोराही सिटी र जालपा लघुबित्त सस्थाले लमही नगरपालिका र राजपुर गाउपालिकालाई मास्क, पिपिसेट , सनिटाईजर बुट, तथा अक्सिमिटर बितरण गरेको लायन्स क्लब अफ घोराही सिटीका अध्यक्ष बिमल श्रेष्ठले जानकारि दिएका छन । सो अबसरमा लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसी र राजपुर गाउपालिकाका उपाध्यक्ष धनपति यादबले स्थानिय सरकारको यक्लो प्रयासले महामारी नियन्त्रण गर्न असम्भब हुने हुदा सामाजिक सघसस्थाहरुबाट प्राप्त सहयोगबाट नागरिकलाई सुरक्षित राख्न थप सहयोग पुगेको भन्दै धन्यबाद ज्ञापन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*