तुलसीपुर, २३ जेठ । राप्ती आँखा अस्पतालले अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।
कोराना संक्रमणका बिरामीहरूलाई उपचारका लागि अक्सिजन अभाव भइरहेको समयमा अक्सिजन अभावको समस्या समाधान गर्ने उद्देश्यले नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पतालले कोरोना विशेष अस्पताल बेल्झुण्डीलाई कन्सन्ट्रेटर उपलब्ध गराएको हो । अस्पतालले सनवार कोभिड अस्पतालमा पुगे ५ वटा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको हो ।
नेपाल नेत्र ज्योति संघ दाङका सभापति तथा आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेलाई उक्त कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन् । अध्यक्ष गिरीले अक्सिजनको अभाव हुन नदिन र बिरामीहरुलाई राहत मिलोस् भन्ने उद्देश्यले कन्सन्ट्रेटर उपलब्ध गराएको जानकारी दिए । राप्ती आँखा अस्पतालका प्रशासक किरण पौडेल, कोरोना विशेष अस्पतालका व्यवस्थापक दोर्ण वलीलगायतको सहभागितामा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको हो ।
सो अवसरमा व्यवस्थापक वलीले सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए । त्यस्तै तुलसीपुर स्थित मेट्रो आइसोलेशन अश्वारालाई पनि अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्ने कार्यक्रम रहेको छ । केही दिनु अघि लमहीको रातो डाँडामा रहेको आइसोलेशनमा लमही आँखा अस्पतालले एउटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको अस्पतालका प्रमुख प्रशासक शंशेर थापाले जानकारी दिए ।