Home / समाचार / जिल्ला समन्वय समितिको बैठक

जिल्ला समन्वय समितिको बैठक

दाङ २५ माघ

जिल्ला समन्वय समिति दाङको बैठक विहीवार घोराहीमा सम्पन्न भएको छ । बैठकले छिमेकी जिल्लावाट उत्पादित बस्तु निकासीमा ठेक्कदारले दोहर कर उठाउने गरेको गुनासो आएको भन्दै सम्झौता अनरुप कर लिन ठेक्कदारलाई निर्देशन गरेको छ । विगतदेखि नै उत्पादित बस्तुको निकासीमा दोहर कर नभएको भन्दै गैरकानूनी रुपमा कर उठाएमा कारवाही गर्ने जनाएको छ ।

ठेक्कदार बुढाथोकी कन्स्ट्रक्सनले उत्पादित बस्तुको बाहिर निकासीको ठेक्का लिएको छ । त्यसैगरेर बैठकले जिल्ला समन्वय समितिको सभाहललाई सुविधा सम्पन्न सभा हल बनाउने, कार्यालको बेरुजुलाई सुन्यमा झार्ने, जिल्ला समन्वय समितिको मातहतमा रहेको महिला घरेलु शिल्पकला समिति तुलसीपुरको भवन मर्मत गर्ने र महिला घरेलु शिल्पकला समितिको तुलसीपुरको बजेटबाट सिपमुलक तालिम सचालनको लागि कार्यक्रम तयार पारेर सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

त्यसैगरेर जिल्ला समन्वय समितिको प्रमुखको सचिवालयमा सुरेश पौडेललाई जिम्मा दिने र जिल्ला समन्वय समितिको प्रशासन शाखा तथा योजना शाखाको जिम्मेवारी डां गोविन्द आचार्यलाई दिने निर्णय गरेको छ । बैठक जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा बसेको थियो ।

पदाधिकारीलाई अधिकारका बारेमा प्रशिक्षणः यसैविच जिल्ला समन्वय समितिका पदाधिकारी तथा कर्मचारीलाई काम , कर्तव्य र अधिकारीका बारेमा जानकारी दिएको थियो । पुर्व सहसचिव रमेशकुमार अधिकारीले संविधानमा जिल्ला समन्वय समितिको काम, कर्तव्य र अधिकारको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका पदाधिकारी र कर्मचारीका सहभागिता थियो । पदाधिकारी र कर्मचारीले संवैधानिक व्यवस्थाका बारेमा जिज्ञासा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*