Home / Feature Breaking news / उद्योगी तथा व्यवसायीलाई अनलाइनबाटै कर शिक्षा

उद्योगी तथा व्यवसायीलाई अनलाइनबाटै कर शिक्षा

दाङ, २२ जेठ । आउदो आर्थिक वर्ष २०७८÷ ०७९ को बजेटमा भएको कर संशोधन सम्वन्धमा उद्योगी तथा व्यवसायीहरुलाई जानकारी दिएको छ । अनलाइको माध्यम वाट उद्योगी तथा व्यवसायीहरुलाई वजेटमा करमा गरेको संशोधनका वारेमा जानकारी गराइएको थियो ।

दाङ जिल्ला उद्योग वाणिज्य संघले डि वी सेठी एशोसियट घोराहीको सहकार्यमा यस प्रकारको कार्यक्रम गरिएको हो । संघिय सरकारले गरेको करमा गरिएको संशोधनका बारेमा जानकारी दिन यस प्रकारको कार्यक्रमको आयोजना गरिएको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह वुढाथोकीले जानकारी दिए । सरकारले ल्याउने नितीका वारेमा जानकारी गराउन संघले यस प्रकारको कार्यक्रम निरन्तर रुपमा गदै आएको उनको भनाइ रहेको छ ।

‘जानकारी नहुदा उद्योगी, व्यवसायिहरुलाई समस्या हुने भएकाले यस प्रकारको कार्यक्रम गरिएको हो ’ उनले भने । यसले उद्योगी तथा व्यवसायिहरुलाइ व्यवसाय गर्दा सहयोग पु¥याउने उनी बताउछन् । ‘अहिले अवस्थामा भौतिक रुपमा सहभागिता भएर कार्यक्रम गर्ने नसकिने भएकाले अनलाइन मार्फत गरिएको हो ’ अध्यक्ष वुढाथोकीले भने । संघले व्यवसायिक क्षेत्रमा मात्र नभइ सामाजिक क्षेत्रमा समेत कार्य अगाडि वढाउनदै आएको उनले बताए ।

त्यस अवसरमा सि ए दीपक सेठीले सरकारले आउदो आर्थिक वर्ष २०७८÷०७९ मा करमा गरिएको संशोधन, करमा आएको परिवर्तन, आय कर संशोधन, कस्ता क्षेत्रमा सरकारले राजस्व विशेष छुटको व्यवस्था ल्याएको लगाएका विषयमा जानकारी गराएका थिए । सहभागि उद्योगी, व्यवसायीहरु हरुले आ आफनो जिज्ञासा राखेका थिए ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसालले उद्योगी, व्यवासायिहरु सरकारले ल्याउने नितीका बारेमा जानकार हुनु पर्ने बताए । यसका लागि संघले तालिम तथा सचेतना मुलक कार्य गदै आएको जानकारी दिए । कार्यक्रमको सहजिकरण संघका महासचिव महेन्द्र बुढाथोकी र संघका व्यवसायिक सल्लाहाकार धनेश्वर शर्माले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*