Home / Feature Breaking news / महिला सामुदायिकद्वारा मावि बनगाँउमा भवन निर्माण

महिला सामुदायिकद्वारा मावि बनगाँउमा भवन निर्माण

दाङ, १६ असार

नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङले मावि सेवार बनगाँउमा भवन निर्माण सुरु गरेको छ । केन्द्रले घोराही उपमहानगरपालिका वडा नम्बर १३ मा रहेको श्री बराहक्षेत्र मावि सेवार बनगाँउमा हल कोठाको निर्माण थालेको हो ।

केन्द्रले आफ्नै लगानीमा विद्यालयमा हल निर्माण गरिरहेको केन्द्रका संस्थापक अध्यक्ष एवं भवन निर्माण समितिका संयोजक विमला योगीले जानकारी दिनुभयो ।
विद्यालयमा शिक्षक र अभिभावकहरुकालागि मिटिङ हल एवं विद्यार्थीहरुकालागि अतिरिक्त क्रियाकलाप गर्न सहयाग भन्ने उद्धेश्यकासाथ सभा हल भवन निर्माणको काम सुरु गरेको उहाँले जानकारी दिनुभयो । केन्द्र र जिवनकालागि एक डलरको लगानीमा हल भवनको निर्माण भईरहेको उहाँले बताउनुभयो ।

2

‘विद्यालयमा हलको आवश्यकता महसुश ग¥यौ त्यसैले नेपाल महिला सामुदायिक सेवा केन्द्र र जिवनकालागि एक डलरको सहकार्यमा विद्यालयमा हल निर्माणको काम गरिरहेका छौ’ योगीले भन्नुभयो­‘हल बनेपछि विद्यालयमा मिटिङ गर्नकालागि विद्यार्थीहरुको अतिरिक्त क्रियाकलाप गर्नकालागि सहज हुनेछ ।’ भवन निर्माणकालागि करिब १२ लाखको लगानी हुने उहाँले जानकारी दिनुभयो ।

1

हल निर्माणसँगै विद्यार्थीहरुलाई स्वच्छ खानेपानीको सुविधा पु¥याउनकालागि आधुनिक खानेपानी मेसिन जडान पनि गरिने उहाँले जानकारी दिनुभयो ।

असार मसान्तसम्मका निर्माणको काम पुरा हुने केन्द्रका सामाजिक विकास अधिकृत एवं भवन निर्माण समितिका सदस्य सचिव लक्ष्मी गुप्ताले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*