बर्दिया, १४ असोज ।
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले प्रदेश भित्र सिकलसेल एनिमिया रोगको उपचार हुने छुट्टै अस्पतालको आबश्यक्ता रहेको बताउनु भएको छ ।
जिल्ला अस्पताल बर्दिया, आर सी थारु मेमोरीयल अस्पताल लगायतका स्वास्थ्य सँस्थाहरुको अनुगमणका क्रममा आयोजित अन्र्तकृया कार्यक्रममा स्वास्थ्य मन्त्री खनालले बर्दियाको आर सी थारु मेमोरियल अस्पताललाई सिकलसेल एनिमिया अस्पतालको रुपमा बिकास गर्न खोजेको बताउनु भयो ।
यस्का लागी चालु आर्थिक वर्षमा ३० लाख रुपियाँ प्रदेश स्वास्थ्य मन्त्रालयले विनियोजन गरेको जानकारी दिदै मन्त्री खनालले सिकलसेल एनिमिया अस्पताल सञ्चालनका बारेमा संघिय सरकारसँग पनि आफूले कुरा गरेको बताउनु भयो ।
स्थानिय सरकारलाई शिक्षा र स्वास्थ्यलाई केन्द्रमा राखेर बजेट विनियोजन गर्न आग्रह गर्दै मन्त्री खनालले नागरिकलाई गुणस्तरिय स्वास्थ्य सेवा आफ्नै घर नजिक पाउने व्यवस्था मिलाउन प्रदेश सरकार गम्भिर रहेको बताउनु भयो ।
सिमित बजेटका बिच पनि सरकारले सुरु गरेका कामको प्रतिफल नागरिकले पाउन थालेको भन्दै मन्त्री खनालले सरकारले उपलब्ध गराएका सेवाको बारेमा आम नागरिकलाई जानकारी दिन आबश्यक रहेकोमा जोड दिनुभयो ।
बारबर्दियामा आयोजित छलफलका सहभागिहरुले सिकलसेलका बिरामीको निशुल्क स्वास्थ्य बिम ागर्ने कार्यक्रम प्रदेश सरकारले ल्याएकोमा खुशी व्यक्त गर्दै सिकलसेलको औषधीलाई स्वास्थ्य विमामा समाबेश गर्न आग्रह गरेका थिए ।
यस्तै सिकलसेलका बिरामीहरुले सिकलसेलका बिरामीको उपचारका लागी छुट्टै अस्पताल बनाइन पनि माग गरेका थिए ।
स्वास्थ्य मन्त्री खनाल ठाकुरबाबा नगरपालिकाले आयोजना गरेको द्वन्द्व पिडितहरुको सामुदायिक समाबेशीकरणका लागि मनोसामाजिक परामर्श कार्यक्रम सम्बन्धी लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालय, सी एम सी नेपाल र दातृ निकायहरु विचको अन्र्तकृया कार्यक्रममा पनि सहभागि हुनु भयो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले द्वन्द्व प्रभावित सहित सबै प्रकारका हिंशा वा द्वन्द्व प्रभावितलाई मनोसामाजिक परामर्श चाहिएको भन्दै तिनै तहका सरकारले यस्मा ध्यान दिनुपर्ने बताउनु भयो ।
एक पक्षले मात्र काम गरेर नहुने भन्दै मन्त्री खनालले नजिकको सरकारको रुपमा रहेको स्थानिय सरकारले यसमा बढि ध्यान दिनुपर्ने बताउनु भयो । मानसिक लगायतका नसर्ने रोगका बिरुद्ध तिन तहका सरकारले मिलेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।