Home / Feature Breaking news / तीन दिन अगाडी भारतबाट आएका थिए गढवाका काेराेना संक्रमीत

तीन दिन अगाडी भारतबाट आएका थिए गढवाका काेराेना संक्रमीत

दाङ, २ जेठ
दाङकाे गढवाका काेराेना संक्रमीतहरू तीन दिन अगाडी भारतबाट आएकाे खुलेकाे छ ।

वैशाख ३१ गते बुधवार नेपाल आएका गढवा ४ का २३ र गढवा ५ का ३६ बर्षका पुरूषहरूलाई सिधै क्वारेनटाइनमा लगेर राखीएकाे थियाे । हिजाे जेठ १ गते विहीवार स्याब संकलन गरिएकाे जिल्ला जनस्वास्थ्य कार्यालय दाङले जानकारी दिएकाे छ ।

उनीहरूमा काेराेना पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार विज्ञप्ती निकालेर जानकारी दिएकाे छ ।
नेपाल आएका उनीहरूलाई क्वारेनटाइनमैै आईसाेलेेसनमा सुरक्षीत साथ राखीएकाे र स्वास्थ्य अवश्या सामान्य रहेकाे राखीएकाे जिल्ला जनस्वास्थ्य कार्यालय दाङले जानकारी दिएकाे छ ।

शुक्रवार थप ९ जनामा काेराेना संक्रमण पुष्टी भएसँगै नेपालमा संक्रमीतकाे संख्या २६७ पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*