Home / Feature Breaking news / प्रतिष्ठानमा स्वास्थ्य सेवा विस्तारका लागि ६८ लाख सहयोग

प्रतिष्ठानमा स्वास्थ्य सेवा विस्तारका लागि ६८ लाख सहयोग

दाङ,२५ बैशाख । अमेरिका नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ)ले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसियू उपकरण खरिदका लागि ६८ लाख २५ नगद सहयोग उपलब्ध गराएको छ ।

नेपालको स्वास्थ्य सेवाको विस्तार र विकासमा विभिन्न प्राविधिक एवं आर्थिक सहयोग उपलब्ध गराउँदै आएको एएनएमएफले राप्तीमा सघन उपचार सेवा विस्तारका लागि सहयोग गरेको हो।

फाउन्डेसनका अध्यक्ष डा. भुपेन्द्रकुमार बस्नेतले बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रममा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई चेक हस्तारन्तरण गरेका हुन ।

मन्त्री ढकालले उक्त चेक राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकूलपति डा. संगिता भण्डारीलाई हस्तान्तरण गरेका थिए । प्रतिष्ठानले मेनिटर, भेन्टिलेटर, इजिसी मेसिन, आइसियुबेड र डिफिबिलेटर खरिदमा उक्त बजेट खर्च गर्ने भएको छ ।

हस्तान्तरण कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री ढकालले नेपाल छोडेर गएका र नेपाल फर्केकासमेत चिकित्सकले संकटको समयमा देशलाई सम्झेर गरेको सहयोग निकै अर्थपूर्ण भएको बताए । ‘‘कतिपय चिकित्सकहरु संकटका समयमा नेपालमै काम गर्छु भनेर फर्किनु भएको छ, कतिपय बाहिर बसेर पनि कसरी सहयोग गर्नसकिन्छ भनेर लागिरहनु भएको, यो देशका लागि ठूलो सहयोग हो ।सबैलाई धन्यावाद’ मन्त्री ढकालले भने ।

उपकुलपति डा.भण्डारीले यस क्षेत्रकै प्रमुख स्वास्थ्य संस्था भएर पनि राप्तीमा सघन उपचार सेवा नहुँदा धेरै बिरामीले एम्बुलेन्समै ज्यान गुमाउनु परिरहेको भन्दै एएनएमएफको सहयोग महत्वपूर्ण हुने बताइन् ।

अमेरिकामा अध्यायन, तालिम र अभ्यास गरेका चिकित्सकहरुको पहलमा यो संस्था स्थापना भएको थियो । नेपालमा सन् १९९७ मा यसको च्याप्टर बनेको थियो । कार्यक्रम एएनएमएफका पूर्वृ अध्यक्ष डा.भगवान कोइराला, महासचिव डा. महेशराज सिग्देल, सदस्यहरु डा.जनक कोइराला र डा. संगिता बस्नेतलगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*