Home / Feature Breaking news / विवाहमा मास्क र स्यानिटाइजर दाइजो

विवाहमा मास्क र स्यानिटाइजर दाइजो

पोखरा- कोरोना भाइरसको जोखिम हुन नदिन जारी बन्दाबन्दीका बीच यहाँ एक जोडी वैवाहिक जीवनमा बाँधिएका छन् ।

बैदिक विधिपूर्वक विवाह बन्धनमा बाँधिएका पोखरा महानगरपालिका वडा नं २७ घर भएकी बेहुली अनुषा बाँस्तोला र पोखरा–३० का बेहुला दीविन भट्टराईको बिहीबार सम्पन्न विवाहमा दुवै पक्षका घरपरिवारका सदस्यको मात्रै उपस्थिति थियो ।

सामाजिक दूरी कायम राख्दै स्थानीय निकायसँग स्वीकृति लिएर विवाह सम्पन्न गरिएको हो । विवाहमा बेहुली पक्षले बेहुला पक्षलाई अन्य कुनै उपहार नभइ मास्क र स्यानिटाइजरलगायतका स्वास्थ्य सामग्री दाइजोका रूपमा दिएका थिए ।

संस्कार र संस्कृतिको संरक्षण गर्दै परम्परागत चलिआएको दाइजो प्रथालाई तोड्दै सन्देशमूलक ढङ्गले विवाह गर्न बेहुलापक्ष राजी भएपछि छोरी दिने निर्णय गरेको बेहुलीका बुबा नेत्रपाणि बाँस्तोलाले जानकारी दिए । सो विवाहले कम खर्चमा विवाह गर्न सकिन्छ र स्वयं आफँै रोगसँग डराउने हो तर काममा डराउने होइन भन्ने दरिलो उदाहरण समेत बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*