Home / Feature Breaking news / लकडाउन खुकुलो बनाउन उवासंघको माग

लकडाउन खुकुलो बनाउन उवासंघको माग

दाङ, २१ भदौ । दाङ जिल्ला उद्योग वाणिज्य संघले जिल्लामा लकडाउन खुकुलो वनाउन माग गरेको छ । लामो समयको लकडाउनले रोगले भन्दा भोकको समस्या हुन थालेको भन्दै संघले यस्तो माग गरेको हो ।

लामो समयसम्म लकडाउन व्यवसायीहरुलाई हुँदा बैकको व्याज तथा घर भाँडा बुझाउन समेत नसक्ने अवस्था रहेको व्यवसायीहरुको भनाइ रहेको छ । संघका कार्यसमिति तथा पूर्व अध्यक्षहरुको आइतवार आज बसेको बैठकले यस्तो माग गरेको संघका महासचिव नरेश कार्कीले जानकारी दिएका छन् ।

मागको सुनाइ नभएमा संघ कडाइका साथ अगाडि बढ्ने महासचिव कार्कीले बताए । बैठक संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*