Home / Feature Breaking news / ६ दिनमा ४ कोरोना संक्रमित भेटिए, सबैको अवस्था सामान्य

६ दिनमा ४ कोरोना संक्रमित भेटिए, सबैको अवस्था सामान्य

काठमाडौ ।

कोरोना संक्रमण देखिएर उपचाररत चारै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

चैत ४ गते बेल्जियमबाट कतार हुँदै काठमाडौं आइपुगेकी बागलुङकी १९ वर्षीया युवतीलाई कोरोना संक्रमण देखिएको थियो । उनलाई कोरोना भएको मन्त्रालयले हिजो (शनिबार, १५ गते) सार्वजनिक गरेको थियो । हाल ती युवतीको धौवलागिरि अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

चैत ७ दुबईबाट भारतको दिल्ली हुँदै नेपाल आएका धनगढीका ३४ वर्षीय एक पुरुषमा कोरोना संक्रमण देखिएको थियो जुन नेपालको चौथो संक्रमित हुन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनको कोरोना भएको रिपोर्ट मन्त्रालयले (शुक्रबार) १४ गते सार्वजनिक गरेको थियो । हाल उनको पनि स्वास्थय सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, गत चैत ६ गते एयर अरेबियाको उडानबाट युएईको सारजाहबाट आएका धादिङका ३२ वर्षीय पुरुष थिए । तर उनी काठमाडौकै एक होटलमा बसेका थिए । कोरोना भाइरसका लक्षण देखिएपछि गत चैत १० गते सोमबार टेकु सरुवा रोग अस्पताल पुगेका थिए । उनलाई अस्पतालले कोरोनाको आशंमा आइसोलेसनमा भर्ना गरेको थियो । अस्पतालले मंगलबार नमुना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो । सोही दिन बेलुकाको रिपोर्टमा कोरोना संक्रमण देखिएको थियो । तर ती पुरुषमा कोरोना संक्रमण देखिएको सूचना भने मन्त्रालयले (बुधबार) १२ गते मात्र सार्वजनिक गरेको थियो । अहिले उनी टेकु अस्पतालकै आइसोलेसनमा उपचाररत छन् ।

चैत ४ गते फ्रान्सबाट नेपाल आएकी काठमाडौंकै १९ वर्षीया नेपाली युवतीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । उनी होम क्वारेन्टाइनमा बसेकी थिइन् । उनी चैत ७ गते शुक्रबार कोरोनाको आशंकामा टेकु अस्पताल चेकजाँचका लागि पुगेकी थिइन् । उनको नमुना संकलन गरेर अस्पतालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको थियो । उनको रिपोर्ट आइतबार बेलुका पोजेटिभ आएको थियो । तर गत (सोमबार ) चेत १० गते मात्र मन्त्रालयले पोजेटिभ रिर्पोट आएको सार्वजनिक गरेको थियो । उनीहाल टेकु अस्पतालको आइसोलेसनमा उपचाररत छिन् ।

कोरोना संक्रमण देखिएका दुवैजनाको स्वास्थ्य सामान्य

गत पुस अन्तिममा चीनको बुहानबाट आएका एक ३२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको थियो उनी ज्वरो आउपछि टेकु अस्पताल पुगेका थिए । उनको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले माघ ४ गतेको हङकङ पठाएको माघ ९ गते हङकङबाट आएको रिपोर्टमा कोरोना संक्रमण देखिएको थियो । ती पुरुष उपचारपछि निको भइसकेका छन् ।

त्यस्तै, मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना संक्रमित चारैजना अस्पतालको आइसोलेसनमा भर्ना गरेर उपचार भइरहको बताए । “हालसम्म ९ सय १७ जनामा कोरोना आशंकामा ९ सय १७ जनाको परीक्षण गरिएको छ,” उनले भने, “हालसम्म नेपालमा ५ जनामा कोरोना संक्रमण देखिएको छ जसमा चीन, फ्रान्स, दुबई, बेल्जियमबाट आएका नेपालीमा कोरोना पोजेटिभ देखिएको छ ।”

अस्पतालको आइसोलेसनमा उपचारत चारैजनाको कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेकोे समेत उनले जानकारी दिए । हालसम्म विदेशबाट आएका नेपालीमा मात्र कोरोना संक्रमण देखिएको तर नेपालमा रहेका नेपालीमै भने अहिलेसम्म नदेखिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*