Home / समाचार / क्‍वारेन्टाइनमा सुरक्षाकर्मी राख्‍ने सरकारको तयारी, लकडाउन लम्बिने

क्‍वारेन्टाइनमा सुरक्षाकर्मी राख्‍ने सरकारको तयारी, लकडाउन लम्बिने

काठमाडौं ।

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले क्वारेन्टाइनमा सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ । यद्यपि अहिले बस्ने मन्त्रिपरिषद् बैठकले आवश्यक निर्णय लिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए । भट्टराई क्वारेन्टाइन व्यवस्थापन कार्यदलका संयोजक पनि हुन् ।

उनका अनुसार लकडाउनको समय एकसाता लम्ब्याउन समितिले सिफारिस गरेको  छ ।

“बैठकमा अहिलेको अवस्थाका बारेमा समीक्षात्मक कुरा भयो । चीनबाट ल्याइएका सबै सामग्रीहरू ठाउँठाउँमा पठाउने कुरा भयो । क्‍वारेन्टाइनलाई अझै व्यवस्थित गर्ने कुरा भयो । त्यसको निम्ति सुरक्षाकर्मीलाई परिचालन गर्न सिफारिस गरिएको छ । प्रायः सबैको सुझाव लकडाउन थप्नुपर्छ भन्ने छ,” उनले भने ।

उनका अनुसार स्थानीय तह परिचालन गरेर खाद्यान्न आपूर्तिलाई सहज गर्ने तयारी समितिको छ ।

मन्त्री भट्टराईले अन्तर्राष्ट्रिय उडान वैशाखको पहिलो हप्तासम्म रोक्ने तयारी भएको पनि जानकारी दिए ।

अहिले मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*