Home / Feature Breaking news / कांग्रेसको जागरण अभियानः ३५ हजार विरुवा रोपेर उद्घाटन गरिदै

कांग्रेसको जागरण अभियानः ३५ हजार विरुवा रोपेर उद्घाटन गरिदै

 
दाङ, २३ भदौ

नेपाली कांग्रेसको दोस्रो चरणको जागरण अभियान मंगलवार देशभर सुरु हुदै छ । जनता, मतदाता र पार्टिका सबै निकाय÷तहका पदाधिकारी, सदस्य एवं शुवेच्छुकहरुबीच जिवन्त सम्पर्क र समन्वय कायम गरि पार्टिलाई सकृय र सुदृढ पार्ने उद्धेश्यले अभियानको आयोजना गरिएको नेपाली कांग्रेस केन्द्रिय समितिले निर्णय अनुसार हरेक जिल्लामा मंगलवारदेखी अभियानको सुरु गर्न लागिएको हो ।

विपी कोईरालाको १०६ औँ जन्मजयन्तीको असवर पारेर अभियानको सुरुवात गर्ने कार्यक्रम रहेको छ । अभियानको हरेक जिल्लाका हरेक प्रदेश सभा निर्वाचन क्षेत्रमा वृक्षारोपन गरेर सुरु हुदै छ ।

‘हिमाल, पहाड, तराई–मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ भन्ने मूल नाराकासाथ सुरु हुन लागेको अभियानको देशभरका ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा विपी कोईरालाको १०६ औँ जन्मजयन्तीको असवरमा वृक्षारोपन गरे उद्घाटन हुने छ । हरेक प्रदेश निर्वाचन क्षेत्रमा १०६ वटा विरुवाका दरले देशभर ३४ हजार ९ सय ८० विरुवा रोप्ने कार्यक्रम रहेको नेपाली कांग्रेस केन्द्रिय समितिले जानकारी दिएको छ ।

अभियानको दाङमा पनि ६ वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा वृक्षारोपन गरेर उद्घाटन हुने भएको छ । मंगलवार हरेक प्रदेश निर्वाचन क्षेत्रमा वृक्षारोपन गरेर अभियानको उद्घाटन गरिने जागरण अभियान प्रचारप्रसार समितिका संयोजक एवं नेपाली कांग्रेस दाङका उपसभापति कमानसिंह डाँगीले जानकारी दिनुभयो ।

अभियान अन्तरगत दाङको निर्वाचन क्षेत्र नम्बर १ ‘क’ को गढवामा, क्षेत्र नम्बर १ ‘ख’ को लमहीमा, क्षेत्र नम्बर २ ‘क’ को बाह्रकुने दहमा, क्षेत्र नम्बर २ ‘ख’ को ढिकपुर मर्पाडाडामा, क्षेत्र नम्बर ३ ‘क’ को तुलसीपुर दोघरेमा र क्षेत्र नम्बर ३ ‘ख’ को शान्तिनगरमा वृक्षारोपन कार्यक्रम हुने छ ।

प्रदेश सभा निर्वाचन क्षेत्रका क्षेत्रीय सभापतिहरु १ ‘क’ का ताराबहादुर डिसी, १ ‘ख’ का देवानजंग चौधरी, २ ‘क’ का गिरिराज सुवेदी, २ ‘ख’ का कमल गौतम, ३ ‘क’ का घनश्याम ढकाल, ३ ‘ख’ का खीमबहादुर वलीले संयुक्त विज्ञप्ती निकालेर अभियानको उद्घाटन कार्यक्रममा उपस्थित हुनकालागी सम्पूर्ण महासमिति सदस्य, महाधिवेशन प्रतिनीधी, जिल्ला, क्षेत्र, नगर, गाँउ तथा वडा समितिका पदाधिकारी, क्रियाशील सदस्यहरु, भातृ तथा सुवेच्छुक संघसंगठनलाई अनु्रोध गर्नुभएको छ ।

अभियानकालागी नेपाली कांग्रेस केन्द्रिय समितिले ६ जना प्रतिनीधी खटाएको छ । जसमा  निर्वाचन क्षेत्र नम्बर १ ‘क’ मा जनक चौधरी, १ ‘ख’ मा सुशीला शाह, २ ‘क’ मा उमा दाहाल, २ ‘ख’ मा धुव्रराज पुरी, ३ ‘क’ मा सुरेन्द्र हमाल र ३ ‘ख’ मा मोहन बराल रहनुभएको छ । मंगलवार उद्घाटन हुने जागरण अभियान असोज ७ गतेसम्म सञ्चालन हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*