Home / खेलकुद / नेयमार अनुबन्धनको भित्री कथा

नेयमार अनुबन्धनको भित्री कथा

काठमाडौ,२३ भदौ । सेप्टेम्बर दुईमा ट्रान्सफर विन्डो बन्द भइसकेको छ । ट्रान्सफर विन्डो बन्द भएसँगै महिनौंदेखिको नेयमार बार्सिलोनामा आउने चर्चा सेलाएको छ । नेयमार बार्सिलोनामा फर्किने विषयमा सबैको चासो थियो । न्युज पोर्टलदेखि लिएर सामाजिक सञ्जालमा चर्चाको विषय रहेका नेयमार अन्ततः पीएसजीमा नै बस्ने भएका छन् ।

बार्सिलोना र पीएसजीबीचमा एउटा असमझदारी भयो । असमझादारी यो हो कि यी दुबै टिमले एक अर्कामा किन्ने र बेच्नेबारेमा नकारात्मक सोचे । बार्सिलोनाले किन्न नचाहेको पीएसजीले सोच्यो अनि बार्सिलोनाले पीएसजीले बेच्न नखोजेको सम्झियो । दुबै सुरुदेखि नै असमझदारीको बादलले ढाकिएका थिए ।

त्यसो त नेयमार पनि बार्सिलोनामा जाने वा पीएसजीमा रहने भन्ने कुरामा दुविधामा देखिएका थिए । २०१७ को अप्रिलमा २७ वर्षीय ब्राजिलका खेलाडी नेयमार बार्सिलोना छाडेर पीएसजीमा २०० मिलियन पाउन्ड स्ट्रलिङमा अनुबन्ध भएका थिए । उनी पीएसजीमा जाँदा निकै चर्चा भयो । कसैले पैसाको पछि लागेर पीएसजीमा गयो भने, कसैले नयाँ चुनौती खोज्न ।

बार्सिलोनामा नेयमार मेस्सीको छायामा परेको समर्थकको बुझाइ थियो । तर मेस्सी नेयमारको सम्बन्ध भने निकै राम्रो देखिन्थ्यो । मेस्सीले मैदानमा आफूले पाएको अवसर पनि नेयमारलाई दिने गर्थे । नेयमार पीएसजीमा गइसकेपछि त्यहाँका साना साना कुराहरुले उनलाई दुःखी बनायो । पीएसजीले सम्झौता अनुसार काम नगर्नु, टिममेट इडिसन काभिनीसँग झगडा पर्नु, नेयमारले हान्न लागेको पेनाल्टी काभिनीले हान्नु, टिमभित्र पनि विवाद बढ्नु, पीएसजीका समर्थकहरुले नेयमारको सट्टा काभिनीलाई बढी महत्व दिनु, नेयमार रेफ्रीबाट असुरक्षित महसुस गर्नु जस्ता कारणले नेयमार पीएसजीमा रम्न सकेनन् ।

मिल्ने टिम बार्सिलोना छाडेर पीएसजीमा आफूमाथि यस्ता खालका व्यवहार गर्दा उनी खुशी हुने कुरा थिएन । नयाँ टिममा अनुबन्ध हुँदा पुरानो टिममा जस्तो व्यवहार खोज्नु स्वभाविकै हो । नेयमार विश्वकै उत्कृष्ट फुटबल खेलाडी हुन् । उत्कृष्ट खेलाडीलाई पीएसजीले सम्मान गर्न सकेन । जनवरीमा भएको फ्रेन्च कप अन्तर्गतको खेलमा नेयमारले पहेलो कार्ड पाए । घाइते भएका नेयमारको मैदानबाट बाहिरिँदा आँखाभरी आँशु थियो । जुन देखेर स्ट्रासबर्गका खेलाडीले उनलाई जिस्काएका थिए । उक्त घटनापछि उनलाई १८ खेलबाट बाहिर राखियो ।

बार्सिलोनाका अध्यक्ष जोसेप मारियाले मेस्सी, पिके र लुइस स्वारेजसँग नेयमारलाई बार्सिलोनाले मात्र फर्काउने चेष्टा नगरी उनी स्वयम् बार्सिलोनामा आउने कुरामा आफू आत्मविश्वास रहेको बताएका थिए । नेयमार मेस्सी, पिके र स्वारेजसँग सम्पर्कमा छन् भनी अरु खेलाडीहरुले बताउँदा उनी बार्सिलोनामा फर्किने सम्भावना बढेको थियो । ३२ वर्षीय मेस्सीले नेयमार छोटो समयमा नै बार्सिलोनाको महत्वपूर्ण अंग भएको बताएका थिए ।

बार्सिलोनाका खेलाडीहरुलाई बार्सिलोनाले एट्लेटिको मड्रिडका एन्टोनि ग्रिजम्यानलाई क्लबमा नराखेको बताए पनि मड्रिडले भने मार्चमा नै सम्झौता पक्का भइसकेको कुरा सार्वजनिक गरेको थियो । पीएसजीलाई लागेको थियो कि बार्सिलोनासँग नेयमार अनुबन्धन गर्ने रकम छैन । जब बार्सिलोनामा ग्रिजम्यान १२० मिलियन यूरोमा अनुबन्ध भए, पीएसजी अचम्मित भएको थियो ।

सुरुवातदेखि नै बार्सिलोनाले पीएसजीले सम्झौता गर्न नखोजेको अनुभूति गरिरहेको थियो । जस्तोसुकै परिस्थितिमा पनि नेयमारले क्लब छाड्न नपाउने चेतावनी पीएसजीले दिइरहेको थियो । बार्सिलोनाले पीएसजीलाई कुनै लिखित प्रस्ताव पठाएन । यति भइसकेपछि नेयमारलाई यो सम्झौता नहुनेजस्तो लाग्यो । सिजनको पहिलो खेल हुनुभन्दा पहिले लियोनार्दोले नेयमारलाई पीएसजी छाडेर जान नपाउने बयान मागेका थिए । नेयमारले लियोनार्दोको प्रस्ताव देखेर संकोच मानेका थिए । उनले पीएसजीलाई आफू खेल्न तयार रहेको तर कुनै पनि किसिमको सार्वजनिक बयान नदिने बताएका थिए ।

बार्सिलोना सबैलाई पीएसजीसँग सम्झौता गर्नको लागि प्रतिबद्ध रहेको देखाउन चाहन्थ्यो । पीएसजीले नेयमारलाई बार्सिलोनामा पठाउने तर यसको लागि बार्सिलोनाले २१५ मिलियन यूरो तिर्नुपर्ने बतायो । बार्सिलोनाले पीएसजीलाई अरु खेलाडीहरुसहित उक्त सम्झौता हुने बताएको थियो । अगस्ट २७ मा बार्सिलोनाले पीएसजीलाई पहिलो लिखित प्रस्ताव पेश गर्यो । जुन प्रस्तावमा १३० मिलियन यूरोमा तीन खेलाडीसहित सम्झौता हुने बताइएको थियो ।

पीएसजीले डिफेन्डर टोडिबो, राकिटिकलाई समेटेर पठाउन चाहन्थ्यो । दुबै खेलाडी तयार पनि भएका थिए । फर्वाड डेम्बललाई भने लोनमा पठाउने निर्णय गरेको थियो । यद्यपि उत्ति चाँडै पीएसजीले बार्सिलोनाको सम्झौतालाई नो मर्सी भन्दै खारेज गरेको थियो । डेम्बल भने पीएसजी छाड्नको लागि तयार थिएनन् । मध्यस्थकर्ताहरुले उनको मनलाई परिवर्तन गर्न सकिने सोचिरहेका थिए । डेम्बलले पीएसजीका प्रशिक्षक थोमस टुचेलसित कुरा गरेका थिए । तर पीएसजीले भने डेम्बलसँग यस कुरामा बातचित गर्न खोजेको थिएन । फेरि पनि पीएसजीले बार्सिलोना सम्झौता गर्न नचाहेको बतायो ।

त्यसपछि पनि दुई क्लबबीच कुराकानी भइरहे । पीएसजीले सम्झौताको लागि १५० मिलियन यूरो आवश्यक परेको बताउँछ । नेयमार पनि क्लबको चिठीमा आफूलाई कुनै आपत्ति नरहेको बताउँछन् । नेयमारको सन्देशपछि पीएसजीले फ्रान्स फुटबल संघले यस्तो खालको प्रस्तावमा खेलाडीलाई बाहिर जान नदिने बताउँछ । बार्सिलोनाले पीएसजीसँग जति सम्झौता गरे पनि पीएसजीले भने टुक्राएको देख्न सकिन्छ । खासमा पीएसजीले नेयमारलाई बेच्न चाहँदैनथ्यो । बीचमा नेयमार रियल मड्रिडमा आउने हल्ला थियो । तर अन्त्यमा मड्रिडले रुचि नभएको बताएको थियो । बेल, रोड्रिगुइज अनि नाभास सँगै १०० मिलियन पाउन्डमा सम्झौता गर्ने कुरा थियो । अन्ततः बेल मड्रिडमा नै रहने भए ।

इटालीयन च्याम्पियन युभेन्टसले पनि नेयमारलाई भित्र्याउन खोजेको थियो । युभेन्टसले १०० मिलियन यूरोसहित फर्वाड पउलो डिबालालाई पीएसजीमा पठाउने प्रस्ताव पेश गरेको थियो । उक्त प्रस्ताव पनि पीएसजीले मतलब गरेन । प्रिमियर लिगका कुनै पनि क्लबले नेयमारलाई भित्र्याउने चेष्टा गरेनन् । यद्यपि म्यानचेस्टर युनाइटेडले बार्सिलोनामा छँदा सोधेको थियो । १९० मिलियन यूरो बायआउट क्लजमा पीएसजीमा प्रस्ताव गरेको थियो तर नेयमारले उक्त प्रस्ताव अस्वीकार गरे ।

खासमा नेयमार स्पेनमा नै जान चाहन्थे । ला लिगाको जुनसुकै साइडमा भए पनि जानुपर्ने कुरा गरिएको थियो । उनले न त बार्सा भन्न सके न त अरु नै । नेयमार सम्झौता हुने आशमा बसिरहे तर अन्त्यमा उनी मूर्खजस्तो देखिए । के बार्सिलोना नेयमारलाई चाहन्थ्यो रु यदि चाहन्थ्यो भने फ्राङक डी योङलाई किन अयाक्सबाट ल्यायो रु किन ग्रिजमानलाई अनुबन्ध गर्यो रु यस्ता खालका घटनाहरु हेर्दा थाहा हुन्छ कि बार्सिलोना नेयमारलाई भित्र्याउन त्यति बल गरेको थिएन ।

धेरै पटक नेयमार भित्र्याउने सम्झौता सफल भएजस्तो अवस्था आए पनि सफल भने हुन सकेन । अब बार्सिलोनाले भन्नेछ, “हामी थाकिसकेका छौँ । जो जसले नेयमार बार्सिलोनामा नफर्किउन् भन्ने चाहन्छन् उनीहरु खुशी हुनेछन् ।” बार्सिलोना पहिले नै ६०० मिलियन यूरो ऋणको बोझमा छ । यदि बार्सिलोनाले नेयमारलाई चाहन्थ्यो भने कुनै न कुनै हालतमा नेयमारलाई क्लबमा भित्र्याएरै छाड्थ्यो । नेयमारको बार्सिलोनामा फर्किने सपना पूरा नभए पनि पीएसजीमा उनको कुनै खेलाडीसँग त्यति नराम्रो सम्बन्ध पनि छैन । पीएसजीका प्रशिक्षक टुचेलसित उनको राम्रो सम्बन्ध छ । बिबिसीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*