दाङ, ३१ साउन ।
दाङ जिल्ला उद्योग बाणिज्य संघ का उद्योग उपाध्यक्ष एवं सप्तरङ्गी डिजिटल कलर ल्याव का संचालक वसन्त जोशीले चाड्पर्व आउदै गर्दा बजारमा भिडभाड बड्न लागेको र केही व्यवसायी तथा सेवाग्राही ले सावधानीमा अलि लापरबाही गरेकोले, व्यवसायी तथा जनसमुदाय लाई व्यापार व्यावसाय गर्दा सावधानी अपनाएर संचालन गर्नुका साथै ग्राहक लाई सामाजिक दुरि कायम राखी किनमेल गर्न अनुरोध गरियको बोर्ड घोराही बजार तथा आसपास का बजार र गाउँ हरुमा जहाँ अलि भिडभाड र जोखिम क्षेत्रहरुमा १३० थान सचेतना बोर्ड लागाउनु भएको छ ।

लकडाउन खुकुलो भएको मात्र हो कोरोना सकिएको होईन, त्यसैले भिडभाड नगरौ, भौतिक दुरी कायम गरौ, नगद कारोबार गर्दा संक्रमण सर्ने सम्भावना बढी हुने भएकोले पन्जाको प्रयोग गरौ, सेनिटाईजर प्रयोग गरौ र बिचबिचमा साबुनपानीले मिचिमिची हात धोऔ, सावधानी अपनाई निश्चित दुरी राखेर व्यापार व्यावसाय संचालन गरौ र कुनै समस्या देखिएमा तुरुन्त स्वास्थ संस्थामा तुरुन्त जाऔ जस्ता लेखिएको बोर्ड लगाउनु भएको छ । अहिले देशका विभिन्न ठाउँमा समुदायमा नै कोरोना महामारी फैलिन लागेको र विभिन्न जिल्लामा लकडाउन र निषेधाज्ञा भैरहेको र झन तीब्र रुपमा कोरोना महामारी फैलन सक्ने भएकोले सबैलाई सचेत हुन पनि जोशीले आग्रह गर्नु भएको छ । कोरोनाबाट बच्ने सबैभन्दा उपयुक्त उपाय भनेकै सचेतना भएको भन्दै जोशीले सबै व्यवसायी तथा जनसमुदाय लाई सुरक्षित राख्न आफूले सानो प्रयास गरेको बताउनुभयाे ।
RaptiSandesh RaptiSandesh