Home / Feature Breaking news / वन संरक्षणमा ७० वर्षीय बृद्ध जोश

वन संरक्षणमा ७० वर्षीय बृद्ध जोश

अमरराज आचार्य
दाङ,२५ भदौ । दिनको दिउँसो करिव १२ वजेको थियो । घोराही उप महानगरपालिका वडा न १८ अखवरे सामुदायि वन जंगलवाट एक वृद्ध झरी रहेका थिए शरीरमा डे«स, हातमा छाता र लाठी समाएका थिए । कहाँवाट आउनु भएको ? भनेर प्रश्न गर्दा उनले भने वन हेरर आएको बावु ।

उमेरले ७० वर्ष पुरा भएका चामवहादुर घर्ति यसरी दैनिक रुपमा वन जाने र वन संरक्षणको कार्यमा संक्रिय छन । उनमा युवा भन्दा कम जोस छैन् । एक्लै नै उनी जङगल डुल्ने गरेका छन् । उनका उमेरका जेष्ठ नागरीकहरु घरमा वसेर दिन विताउने गरेका छन् तर उनी वशन्त हरीयाली सामुदायिक वन उपभोक्ता समुहको वन हेरालुको कामगदै आएका छन् । उनले वन हेरे वाफत मासिक ६ हजार २ सय ५० रुपैया पाउने गरेका छन् । ‘काम गरेको हिसावले मासिक रुपमा ६ हजार कम हो तर वन संरक्षणका मैले काम गरेको हु’ घर्तिले भने ।

अन्य स्थानमा हेरालुको काम गरेपनि यो भन्दा वढी रकम पाउने गरेको बताए । तर आफनो गाऊमा रहेको वनको संरक्षणका लागि पैसा भन्दा महत्वपुर्ण मानेर काम गरेको बताए । अहिलेका युवाहरु पैसाको पछि मा लाग्ने गरेको उनको भनाइ रहेको छ । ‘युवाहरु सवै पैसा कमाउन विदेश गएका छन् गाऊ घरमा वुढा वुढी र केटाकेटी मात्र रहेका छन’ घर्तिले भने ।

युवाहरु वन संरक्षण गर्नतर्फ ध्यान नदिएको बताए । उनको २ जनाको परिवार रहेको छ । उनी श्रीमती पनि वृद्ध भइ सकेकी छिन् । कहिले काहीत विहान भरी जङगल डुलेर आएर खाना पकाएर खाने गरेको घर्तिले बताए । ‘वुढी वृद्ध रहेकी छि खाना पकाउन नसक्दा अहिले काही विहान भरी जङगल भरी डुलेर आएर पकाएर समेत खाने गरेको छु ’ घर्तिले भने ।

घर्तीले विगत ३ वर्षदेखि वन हेरालुको रुपमा काम गदै आएका छन् । यस अघि पनि उनले सोही सामुदायिक वनमा वन हेरालुको रुपमा काम गरेको बताए । विविध समस्याले विचमा वन हेर्न छोडेको घर्तिले बताए ।

उनी लाठीको भरमा जङगली जनावरको जोखिम मालेर जङगल जाने गरेका छन् । उनले वन संरक्षण गर्नका लागि आफु लागि परेको बताए । ‘पहिले खुरीला रहेका डाँडा रहेको स्थानमा पछिल्लो समय हरियाली हुदा खुसी लागेको छ’ घर्तिले भने । आफुले गर्ने काममा सामुदायिक वन उपभोक्ता समितीका कार्य समिती तथा उपभोक्ताले समेत सहयोग गर्ने गरेको बताए ।

वनमा चोरी तथा वनमा क्षेति पु¥याउने लाई एकलै लाई समस्या भए वन समितीलाई जानकारी दिने बताए । यसरी वृद्ध अवस्थामा वन संरक्षणमा लागेका वृद्ध वाट वन संरक्ष्णमा लागेका सवैले सवैले प्रेरणा लिएर अगाडि वढेमा वन संरक्षणमा ठुलो सहयोग मिल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*