Home / समाचार / अटोको ठक्करबाट साइकलयात्री घाइते

अटोको ठक्करबाट साइकलयात्री घाइते

ओमप्रकाश गुप्ता
भालुवाङ, २२ चैत । देउखुरीको राप्ती गाउँपालिका ८ पिपरीचोकमा अटो रिक्साको ठक्करबाट साइकलयात्री घाइते भएका छन् ।

आज विहान १०स्५० बजेको समयमा लमही भालुवाङ सडक खण्डमा पश्चिमबाट पुर्वतर्फ गइरहेको ना १ ह ३०९९ नम्बरको अटोले साइकलयात्रीलाई ठक्कर दिदा राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरी निवासी दुर्गाबहादुर परियार घाइते भएका छन् ।

घाइते परियारको विष्ट पोलिक्लिनकमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ। बाटो काट्ने क्रममा सो दुर्घटना भएको प्रहरीले बताएको छ । अटो र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*