Home / समाचार / कृषकलाई घाँसको विउ र मिनरल ब्लक बितरण

कृषकलाई घाँसको विउ र मिनरल ब्लक बितरण

तिर्थराज ज्ञवाली

देउखुरी, २२ चैत्र । राप्ती गाउँपालिका पशुसेवा शाखाले कृषकहरुलाई अनुदानमा घाँसको विउ र मिनरल ब्लक बितरण सुरु गरेको छ ।
शुक्रवार एक कार्यक्रमको आयोजना गरि राप्ती गाउँपालिकाका कृषि प्रशार अधिकृत महेश अधिकारीले ब्यवसायीक कृषक केशब शर्मा तथा दुग्ध उत्पादक कृषक हरिनारायण चौधरीलाई टिओसेन्टी मकैचरी घाँसको विउ र मिनरल चक्की वितरण गर्दै कार्यको सुरुवात गरेका हुन ।

राप्ती गाउँपालिका पशु सेवा शाखाको यस आर्थिक वर्षको स्वीकृत बार्षिक कार्यक्रम अनुसार पशु सेवा शाखाले ब्यवसायीक कृषक, दुग्ध उत्पादक कृषक लाई अनुदानमा टिओसेन्टी मकैचरी घाँसको विउ साथै बाख्रापालक समुह कृषकहरुलाई मिनरल चक्की वितरण सुरु गरिएको पशु प्राविधिक सहायक राज विक्रम चौधरीले बताए ।

टिओसेन्टी मकैचरी घाँस पोषिलो तथा उत्पादन बृद्धिमा फाईदाजनक घाँस रहेको र मिनरल चक्की गाई, भैसी र भेडा बाख्राको लागि अति लाभदायक रहेको र मिनरल चक्कीमा प्रोटिन, खनिज, भिटामिन प्राप्त हुने जसले मासु तथा दुग्ध उत्पादन बृद्धिमा सहयोग पुग्ने पशु प्राविधिक सहायक शेर बहादुर हमालले जानकारी दिए ।

राप्ती गाउँपालिका पशु सेवा शाखाले अनुदानमा टिओसेन्टी मकैचरी घाँसको विउ र मिनरल चक्की लिन चाहने कृषकले शाखामा सम्पर्क गर्न समेत आग्रह गरेको छ । टिओसेन्टी मकैचरी घाँसको विउ र मिनरल चक्की लिन आउन वडागत रुपमा पत्राचार गरिएको र लिन आउने कृषकले अफीस समयमा पशुसेवा केन्द्र मौरीघाटमा आउन आग्रह गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*