Home / Feature Breaking news / गाउँभरी घाँस खेती

गाउँभरी घाँस खेती

अमरराज आचार्य
दाङ, २२ चैत । घोराही उपमहानगरपालिका ६ का कृषकहरुले व्यवसायीक घाँस खेती गरेका छन् । उनीहरुले त्यो खेतीबाट राम्रो आम्दानी समेत लिने गरेका छन् । आम्दानी राम्रो हुने भए पछिअहिले सिङगो गाउँ नै घाँस खेती गरेका गरेका छन् ।

उनीहरुले हिउदे समयमा हुने बसीम घाँस खेती गरेका छन् । घोराही उपमहानगरपालिका वडा नं ६ को गुरुवा गाउँ, गुरगै र बेरुवा गाउँमा बर्सीम घाँस खेती गर्ने गरेका छन् । अहिले उक्त क्षेत्रमा रहेका १ सय ३० घर परिवारले घाँस खेती गने गरेको शिवशति घाँसको विऊ उत्पादक संघका सचिव विमल अधिकारीले बताए । कृषकहरुले ५ कट्टादेखि साढे २ विगाहमा खेती गर्ने गरेका छन् । अन्य वाली भन्दा फाइदा हुने भएपछि यसतर्फ आकर्ष वढेको कृषकहरुले बताएका छन् ।

पहिले मसुरो, गहुँ खेती गर्ने जग्गामा घाँस खेती गर्ने गरेका छन् । कम लगानीमा आम्दानी राम्रो हुने भएकाले यसतर्फ आकर्षण वढेको अधिकारीले बताए । जोत्नु न पर्ने मल हाल्न पनि नपर्ने र पटक पटक सिंचाइ गरि रहनु नपर्ने भएकाले कृषकलाइ थप सहज हुने गरेको छ ।

वर्षातको समयमा लगाएको धान काटे पछि असोज कार्तिक महिनामा घाँस रोप्ने गरेका छन् । बैशाख जेठमा घाँस काटने गरेका छन् । घाँको लागि लगानी केही नगर्नु पर्ने भएकाले पनि हरेक वर्ष घाँस खेती गर्ने कृषक वढदै गएको शिबशती घाँसको विऊ उत्पादन संघले जनाएको छ ।

उनका अनुसार अहिले ८० हेक्टरमा बसीम खेती गरिएको छ । जिल्लामा व्यवसायिक रुपमा यसरी धेरै क्षेत्रमा अन्यत्र घाँस खेती नभएको उनको भनाइ रहेको छ । घाँस खेतीबाट उक्त क्षेत्रमा गत वर्षमा ३५ लाखको विऊ विक्री गरिएको सचिव अधिकारीले बताए । यो रकम संघले विक्री गरेको रकम हो तर कृषले आफैले वाहिर समेत विक्री गर्ने गरेका छन् । कृषकले वाहिर विक्री गरेको रकम जोडदा वढी हुने अधिकारीको भनाइ छ । यस वर्ष बसीम घाँसको विऊ करिव ४५ लाखको विक्री हुने अपेक्षा लिएको छ ।

दाङ बसीम घाँसको विऊ उत्पादनको लागि उपयुक्त जिल्लाको रुपमा रहेको अधिकारीले बताए । दाङ वाट बसीम घाँसको विऊ पुर्वी नेपाल देखि पश्चिम नेपालका सवै जिल्लाहरुमा पठाउने गरिएको छ । दाङ वाट वढी मात्रामा बाँके, वर्दिया, कैलाली, चितवन लगाएका जिल्लामा जाने गरेको अधिकारीको भनाइ छ । ‘हामीले माग अनुसार घाँसको विऊ पु¥याउन नै सकेका छैन’ अधिकारीले भने । उक्त क्षेत्रमा २०५६ साल देखि घाँस खेती गर्न सुरु गरिएको बताइएको छ ।

अहिले बसीम घाँसको विऊको पकेटको क्षेत्रको रुपमा विकास हुदै गएको छ । कृषकहरुले एक किलो घाँसको विऊ २ सय रुपैया किलोमा विक्री गर्ने गरेका छन् । विऊ उत्पादन संघले सरकारले निर्धारण गरेको मुल्य अनुसार नै विक्रि गर्ने जनाएको छ । ग्रेडीङ गरेर प्रतिकिलो २ सय २५ देखि २ सय ५० सम्ममा विक्री गर्ने गरेको छ । प्रति कट्टा ३० देखि ३५ केजि सम्म विऊ उत्पादन हुने अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*