तिर्थराज ज्ञवाली
देउखुरी, ११ चैत । दक्ष फेसनलेवल ड्रेस डिजाइन गर्ने क्षमता रहेका युवा पिपरी निवासी ओमप्रकाश परियारको असामयिक निधन पश्चात सहयोग स्वरुप नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुले मृतकका परिवारलाई सहयोग गरेका छन् ।
ओम प्रकाश परियारको असामयिक निधन भएको तेह्रौँ दिनको पुन्यतिथिको दिन पारेर पूर्व सांसद सुशीला चौधरी, गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, वडा अध्यक्षहरु तथा नेपाली काँग्रेस सिसहनियाँ लालमटियाका सभापतिहरु तथा तेह्रौँ दिनको पुन्यतिथिमा मृतककी श्रीमति पुष्पा परियारलाई पार्टीको तर्फबाट संकलित नगद ११ हजार ७ सय ६० रुपैयाँ तथा युवा नेता गोविन्द रेग्मी, श्यामा रावतले कपडा तथा बर्को प्रदान गर्नुभएको छ ।
नेपाली काग्रेशले पुन्य तिथिको दिनमा मृतक ओम प्रकाश परियारको मृत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवार जन प्रति गहिरो समबेदना प्रकट गरिएको छ ।
RaptiSandesh RaptiSandesh