Home / Feature Breaking news / ६ हजार उम्मेदवारमध्ये एक मात्र तेस्रोलिंगी राधा मौसी

६ हजार उम्मेदवारमध्ये एक मात्र तेस्रोलिंगी राधा मौसी

निर्वाचन आयोगको प्रारम्भिक सूची अनुसार ४ मंसिरको चुनावमा लैगिंक तथा यौनिक अल्पसंख्यक समुदायबाट एक जना मात्र उम्मेदवार छन् । आयोगको प्रारम्भिक तथ्यांक अनुसार प्रतिनिधिसभा र प्रदेश सभाका लागि करिब ६ हजार जनाले उम्मेदवारी दिएका छन् ।

प्रतिनिसभाका १ सय ६५ सिटका लागि हुने चुनावी दौडमा एक जना पनि लैगिंक तथा यौनिक अल्पसंख्यक समुदायको व्यक्ति प्रतिस्पर्धामा छैनन् । जसमा २२ सय ६९ पुरुष र २ सय ३३ महिला छन् । सात वटा प्रदेशका प्रदेशसभाका लागि हुने चुनावी प्रतिस्पर्धामा ३ हजार ४ सय ३६ उम्मेदवार छन् । यी मध्ये ३ हजार १ सय ३९ पुरुष, २ सय ९६ महिला छन् । प्रदेशसभा सदस्य पदका उम्मेदवार एक जना भने लैगिंक तथा यौनिक अल्पसंख्यक समुदायका छन् । नेपाल जनता पार्टीले मधेश प्रदेश सभाका लागि सर्लाही क्षेत्र नम्बर २ (ख) बाट तेस्रो लिंगी महेन्द्र शाही तेली (राधा मौसी) लाई उम्मेदवार बनाएको छ । निर्वाचन आयोगको तथ्यांक अनुसार मधेश प्रदेशमा आफूलाई अन्य (यौनिक तथा लैगिंक अल्पसंख्यक) भनेर चिनाउने ७० जना मतदाता छन् । आयोगका अनुसार लैगिंक तथा यौनिक अल्पसंख्यक मतदाता सबैभन्दा धेरै मधेश प्रदेशमा छन् । प्रदेश सभाका लागि प्रत्यक्ष चुनावी मैदानमा उत्रिएकी राधा मौसीले ०७४ को स्थानीय चुनावमा मलगंवा नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*