Home / Feature Breaking news / गीतमा पोखिए महिला पीडा….

गीतमा पोखिए महिला पीडा….

दाङ, १६ भदौ । घोराही उपमहानगरपालिका–१९ सैघाका महिलाले गीतमार्फत महिलाले भोग्नुपरेका पीडा पोखेका छन् । महिलाले गीतमा पीडा मात्र नभएर महिला शसक्तिकरण र सहभागिताको आवाज समेत त्यतिकै उठाएका थिए ।

कार्यक्रममा वडाभरका टोलबाट महिलाहरुको सहभागिता थियो । ‘महिलाहरु हिंसा सहन बाध्यछन’ स्थानीय प्रेमी पुनले भनिन ‘ महिला हिंसा रोक्न सवै क्षेत्रको सहयोग आवश्यक छ ।’ उनले हरेक क्षेत्रमामहिला सहभागिता गराउन नसक्दा महिलाहरु पछाडि परेको दावी गरिन ।

कार्यक्रममा वडा अध्यक्षहर्क जिएमले पछिल्लो समयमा देशमा बलात्कारका घटनाहरु दिनप्रतिदिन घट्दै गइरहेको भन्दै त्यसलाई रोक्नु सवैको दायित्व भएको वताए । जनउत्थानमूल समितिका अध्यक्ष शशिराम गिरीले हरेक क्षेत्रमा महिलाहरु पछाडि परेको भन्दै अव महिलालाई सशक्तिकरण गरेर जानु पर्ने बताए ।

कार्यक्रममा भगवति माध्यामिक विद्यालयका प्रध्यानाध्यापक देवीबहादुर घर्ती , सैघा स्वास्थ्य चौकीका प्रतिनिधि दिपक सुनार ,दलित सञ्जालका अध्यक्ष सुदिप सुनारले मन्तव्य राखेका थिए । जनउत्थानमुल समितिका कोषाध्यष प्रेमी पुनको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण अमृता कुवरले गरेकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*