राप्ती सन्देश समाचारदाता
दाङ १६ भदौ । घोराही उपमहानगरपालिका–१९ सैघामा आँखा शिविर सम्पन्न भएको छ । शिविरमा सैघाका ५४ जनाले आँखा चेकजाँच गराएको वडा अध्यक्ष हर्क जिएमले बताएका छन् । उनका अनुसार आँखा जाँच गरेका मध्ये ८ जनामा मोती विन्दुको समस्यादेखा परेकोले शल्यक्रियाको लागि राप्ती आँखा अस्पताल रक्षाचौरमा रिफर गरिएको छ ।
नेपाल नेत्रज्योती संघको आयोजना, सेवा फाउण्डेशनको सहयोग र वडा कार्यालयको समन्वयमा सनिवार शिविर भएको हो । राप्तीआँखा अस्पतालका नेत्र विशेषज्ञ डाक्टर सुरेश रसाइलीको नेतृत्वमागएको टोलीले आँखा जाँच गरेको थियो । शिविरमा राप्तीआँखा अस्पतालका नेतृ अधिकृत शालिकराम गौतम, प्रशासकिय अधिकृत किरण पौडेललगायतको टोली सहभागिता थियो । राष्ट्रिय अन्धोपन सर्वेक्षण अन्तर्गत कार्यक्रम गरेको नेत्रजोती संघले जनाएको छ ।
अन्धोपनको अवस्था पत्ता लगाउन र आँखाका सुरक्षा बारेमा जानकारी दिन शिविर गरिएको डा रसाइलीले बताए । प्रदेश न ५ का विभिन्न जिल्ला र गाउँमा अन्धोपनको अवस्थाका बारेमा नेत्रज्योतीसँगको आयोजनामा राप्तीआँखा अस्पतालले आँखा शिविर गर्दै आएको छ ।