Home / समाचार / बामगठवन्धनद्धारा सशक्तरुपमा परिचालन हुन कार्यकर्तालाई निर्देशन

बामगठवन्धनद्धारा सशक्तरुपमा परिचालन हुन कार्यकर्तालाई निर्देशन

दाङ, २१ कार्तिक
संयुक्त निर्वाचन परिचालन कमिटि निर्वाचन क्षेत्र नं. १ को आयोजनामा बुधवार लमहीमा संयुक्त प्रशिक्षणको आयोजना गरिएको छ ।

निर्वाचन क्षेत्र नं. १ मा पर्ने सवै तहवाट नेकपा एमाले र माओवादी केन्द्रका अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षीत गर्दै मंसीर २१ गते हुदै गरेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा वाम गठवन्धनका साझा उम्मेदवारलाई विजय वनाउन एक भएर लाग्न अपील गरिएको छ ।

प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका महासचिव कृष्ण बहादुर महराले वामगठवन्धनका कार्यकर्ता विचारमा वलीयो हुनुपर्ने र संयुक्त घोषणा पत्रको सन्देश सवै माझ पु¥याउन अपील गर्नु भयो ।

वामपन्थिहरुको नेतृत्वमा आगामी २० वर्ष सम्म सरकार चल्ने र आर्थिक समृद्धिवाट जनताको जिवनस्तर माथी उठाउने दिशामा केन्द्रित हुने वताउनु भयो ।

यस्तै प्रशिक्षण कार्यक्रमका विशिष्ट अतिथि नेकपा एमालेका स्थायी समिति सदस्य शंकर पोख्रेलले नेपालमा वलीयो कम्युष्टि पार्टि वनाउने दिशामा अघि वढेको र यस अभियानलाई जनताले उत्साहको रुपमा लिएको वताउनु भयो ।

पार्टि एकिकरण राष्ट्रिय आवश्यकतामा आधारित भएको भन्दै लामो छलफलवाट पार्टि एकिकरण गर्ने विषय टुङ्गोमा पुगीसकेको उहाँले वताउनु भयो ।

संयुक्त निर्वाचन परिचालन समितिका संयोजक शुरामणी वेल्वासेको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्वोधन गर्दै क्षेत्र नं. १ का वामगठवन्धनका साझा उम्मेदवारले क्षेत्र नं. १ मा वामगठवन्धनका साझा उम्मेदवारहरुले जित्ने आधारहरु राख्दै ढुक्क भएर निर्वाचन प्रचार प्रसारमा केन्द्रित हुन अपील गर्नु भयो ।

प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १(क)का उम्मेदवार ईन्द्रजीत थारुले दुई पार्टि एकिकरण हुने विषयले सवै कार्यकर्ताहरुमा भावनत्मक एकता कायम गरेको वताउनु भयो ।

प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. १(ख)का साझा उम्मेदवार रेवतीरमण शर्माले आधुनीक र बैज्ञानीक समाजवाद स्थापीत गर्न कम्युनिष्ट आन्दोलन नयाँ मोडमा पुगेको र जनताहरु सवै वामगठवन्धनमा गोलवन्द हुन आवश्यक रहेको वताउनु भयो ।

कार्यक्रमलाई नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खड्का, नेकपा माओवादी केन्द्रका पोलीटब्युरो सदस्य जीवन गौतमले सम्वोधन गर्दै उत्साहीत रुपमा प्रचार प्रसारमा केन्द्रित हुन अपील गर्नु भयो । वामगठवन्धनका कार्यकर्ताहरुले मतदाता शिक्षालाई प्राथमिकतामा राखेर अघि वढ्न अनुरोध गर्नुभयो ।

निर्वाचन परिचालन क्षेत्र नं. १ (ख)का संयोजक रतन कुमार केसीको स्वागत मन्तब्य वाट सुरु भएको कार्यक्रमको सञ्चालन निर्वाचन परिचालन समिति क्षेत्र नं. १ का सहसंयोजक नारायणी शर्माले गर्नु भएको थियो ।

बुधवार घोराहीमा संयुक्त प्रशिक्षण
यसैबीच निर्वाचन परिचालन समिति क्षेत्र नम्बर २ ले बुधवार घोराहीमा हुने संयुक्त कार्यकर्ता प्रशिक्षणमा सहभागी हुन अनुरोध गरेको छ ।

समितिका संयोजक हेमराज शर्मा ‘डायमण्ड’ र सहसंयोजक देवराज विश्वकर्माले विज्ञप्ति जारी गरी यस्तो अनुरोध गर्नुभएको हो ।

विहान ११ बजे घोराहीको गणेश चित्रालयमा वडा समितिभन्दा माथिका सम्पूर्ण नेता कार्यकर्तालाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

प्रशिक्षण भेलालाई नेकपा माओवादी केन्द्रका नेता एवं दाङ क्षेत्र नम्बर २ का उम्मेदवार कृष्णबहादुर महरा र नेकपा एमालेका नेता एवं क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश क्षेत्र नम्बर १ का उम्मेदवार उम्मेदवार शंकर पोख्रेलले सम्वोधन गर्ने विज्ञप्तिमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*