Home / Feature Breaking news / बजारमा तरकारीको मूल्य दोब्बर

बजारमा तरकारीको मूल्य दोब्बर

लिलाधर वली
घोराही,२१ कार्तिक
बाहिरवाट आउने तरकारीको आपुर्तिमा कमिसँगै बजारको माग अनुसार जिल्लामा अझै तरकारी उत्पादन हुन नसक्दा तरकारीको मूल्य दोब्बर बढेको भएको छ ।

जिल्लामा तरकारी उत्पादनमा कमिसँगै दसैं र तिहारपछि बाहिरवाट आउने तरकारीको आपूर्तिमा समेत आएको कमिका कारण तरकारीको मूल्य आकासिएको हो ।

सर्वसाधारणको भान्सादेखि होटलसम्म दैनिक उपभोगमा आउने प्याज,आलु,टमाटर, काउली,बोडीलगायत तरकारीको मूल्य अघिल्लो बर्षको तुलनामा दोब्बर मुल्यवृद्धि भएको कृषि उपज बजार सञ्चालक समितिले जनाएको छ ।

समितिका अनुसार बजारको माग अनुसार जिल्लामा तरकारी उत्पादन नहुदा सिजनमा पनि तरकारी महङगीएको हो । त्यसँगै बाहिरवाट तरकारी आपूर्तिमा कमि र बजारमा तरकारीको माग बढ्दै गएका कारण तरकारीको मुल्य महङगो हुदै गएको छ ।

अघिल्लो बर्ष यहि समयमा जिल्लामा प्रशस्त तरकारी उत्पादन हुने गरेपनि यसबर्ष असोजमहिनासम्म बर्षा भएका कारण किसानहरुले अझै तरकारी उत्पादन गर्न नसक्दा बजारमा तरकारीको मुल्य आकाशिएको कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष गुलाम रसुल बताउछन् ।

उनका अनुसार घोराही बजारमा अहिले दैनिक २० देखि २५ मेट्रिक टन हरियो तरकारी मात्र भित्रिने गरेको छ । जुन बजारको खपतको तुलनामा अपुग हो ।

बजारको आवश्यकता ३० देखि ४० मेट्रिक टनसम्म रहेपनि त्यसको तुलनामा कम तरकारी अहिले आउने गरेको उनले बताए । जसका कारण उपभोगत्ताहरु महङगो तरकारी किन्न बाध्य हुनु परेको हो ।

त्यससँगै व्यवापारीहरुले बाहिरी जिल्लावाट तरकारी ल्याएर बेच्ने गरेका कारण पनि तरकारीमा मूल्यवृद्धि भएको छ । जसका कारण उपभोक्ताहरु मर्कामा पर्ने गरेका छन ।

थोक मूल्यमा काउली अहिले प्रतिकेजी ७० देखि ७५ रुपैयाँ भएपनि बजारमा एक सय २० रुपैयाँसम्म तिरेर किसानहरुले किन्ने गरेका छन् । जन गतबर्ष सरदर मूल्य ४० देखि ५० रुपैयासम्म बजारमा पाइन्थ्यो ।

त्यस्तै टमाटर पनि ५० कै हराहारीमा गतबर्ष पाइन्थ्यो तर यसबर्ष एक देखि १०–२० रुपैयासम्म प्रतिकेजी पाउने गरेको कृषि उपज बजार सञ्चालक समितिले जनाएको छ ।

कार्यालय सचिव घिमिरेका अनुसार बजारमा तरकारीको विक्रि मुल्य टमाटर ९० देखि १०० रुपैया, काउली ७५ देखि ८० रुपैयाँ,सिमि ७० देखि ८० रुपैया,मुला २५ देखि ३० रुपैयासम्म पर्ने गरेको छ ।

त्यसैगरि बन्दा गोपी ७० देखि ८०,भेडेखुर्सानी एक सयदेखि एक सय २० रुपैयाँ,लौका ३५ देखि ४० रुपैया,करेला ८० देखि ९० रुपैया,प्याज ७० रुपैयादेखि ८० रुपैयासम्म पर्ने गरेको समितिले जनाएको छ ।
त्यसमा पनि बजारमा तरकारीको तीन थरी मुल्य पाइने गरेको छ । गाउँवाटै आफै तरकारी बोकेर बजार डुलाउन आउने किसानहरुले व्यापारीहरुको तुलनामा केही सस्तोमा तरकारी दिने गरेका छन ।

त्यसपछि कृषि उपज बजार सञ्चालक समितिद्धारा सञ्चालित पसल र बजारमा चोकहरुमा हुने ढेव्लीहरुमा पाइने तरकारीको मुल्यमा समेत फरक छ ।

तरकारीको खुद्रा मूल्य व्यवसायी आफैंले निर्धारण गर्दा पनि उपभोक्ता ठगिएका छन् । खुद्रा व्यापारीको मनलाग्दी मूल्य निर्धारणले उपभोक्ता महँगीको मारमा परेको उपभोक्ताहरुको गुनासो रहेको छ ।

असोज–कात्तिकमा तरकारी उत्पादनमा तुलनात्मक रुपमा कमी आउनु, सिजन अनुसार उत्पादन वृद्धि नहुनु जस्ता कारणले बजारमा तरकारीको मूल्य बढेको तरकारी व्यवसायी कमल खत्रीले बताए ।

उनका अनुसार अघिल्लो बर्षको तुलनामा हरियो तरकारीमा दोव्वर मुल्य वृद्धि भएको छ । सयममै जिल्लामा तरकारी उत्पादन भएको सरदर ५० देखि ६० रुपैयासम्म प्रतिकेजी तरकारी पाइने भएपनि जिल्लामा अझै तरकारी उत्पादन नहुदा दोव्वर मुल्य हुन गरेको बताउछन ।

कृषि उपज बजार सञ्चालक समितिका अनुसार घोराहीमा छिमेकी जिल्ला सल्यान,रोल्पाको होलेरीसँगै नारायणगढ र भारतवाट समेत टमाटर,लसुन,आलु लगायतका तरकारीहरु प्रतिदिन २० देखि २५ मेट्रिक टनसम्म आउने गरेका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*