घोराही, २१ कार्तिक
आगामी मंसीर २१ गते हुने निर्वाचनकालागि क्षेत्र नम्बर २ का लागि नेपाली कांग्रेसले प्रचारप्रसारलाई तीव्र बनाएको छ ।
निर्वाचनकालागि यस क्षेत्रमा प्रचारप्रसारलाई तीव्र बनाईएको यस क्षेत्रका प्रचारप्रसार समितिका संयोजक भुपबहादुर डाँगीले जानकारी दिनुभयो ।
प्रचारप्रचार अन्तरगत आज यस क्षेत्रका विभिन्न क्षेत्रमा सम्पर्क कार्यालय स्थापना गरिएको छ । जस अन्तरगत घोराहीको स्वर्गद्धारी एफ एम रोड र नारायणपुरको पार्टि कार्यालयमा सम्पर्क कार्यालय स्थापना गरिएको छ ।
यस्तै घोराही उपमहानगरपालिका ८ को मर्पा र वडा नम्बर ९ को कर्मटिय लगायतका स्थानमा कार्यालय स्थापना गरिएको प्रचार संयोजक डाँगीले बताउनुभयो ।
सम्पर्क कार्यालय स्थापना गर्दै प्रतिनीधी सभा सदस्य राजु खनालले यो निर्वाचन जनमत संग्रह भएको बताउँदै लोकतान्त्रीक शक्तीहरु एक भएर लाग्न आग्रह गर्नुभयो ।
विभिन्न समयमा देशको नेतृत्व काँग्रेसले गरेको भन्दै अबको नेतृत्वपनि कांग्रेसकै आवश्यक भएकाले माहोल बनाउन आग्रह गर्नुभयो । जनतालाई अधिकार दिएर जनतालाई नै बलियो बनाउन आवश्यक भएको खनालको भनाई छ ।
यस क्षेत्रको सम्पूर्ण विकास कांग्रेसले गरेको भन्दै उहाँले विकासलाई भजाएर कांग्रेसले भोट नमाग्ने बताउनुभयो । कांग्रेसले दाङलाई प्रादेशीक राजधानी बनाउनु पहिलो एजेण्डाको रुपमा लिएको पनि खनालले जानकारी दिनुभयो ।
निर्वाचन क्षेत्र नं २ (ख) का प्रदेश सभाका उम्मेदवार भरत बहादुर न्यौपानेले चुनाव लक्षित अभियान अन्तर्गत प्रचारलाई तीव्र बनाएकाले यसमा लाग्न उहाँले सबैमा अनुरोध गर्नुभयो ।
न्यौपानेले लोक तन्त्रको रक्षाको लागि सम्पुर्ण लोकतन्त्रबादि शक्तीहरु एक हुनुपर्ने जिकिर गर्नु भयो । काँग्रेस सँग डराएर बाम गठबन्धन गरिएको भन्दै कम्युनिष्ठ शासन लाद्न खोजेको उहाँको भनाई छ ।
बाम गठबन्धनले जितेमा अधिनायकवाद हावी हुने भएकाले समयमा नै आफ्नो मतको सदुपयोग गर्न उहाँले अनुरोध गर्नुभयो ।
निर्वाचन क्षेत्र नं २ (क) का प्रदेश सभाका उम्मेदवार कमल किशोर घिमीरेले निर्वाचनको बेलामा जनतामाझ आउने उमेद्वारहरुले विकास र समृद्धि ल्याउन नसक्ने बताउनुभयो ।
कांग्रेसले संविधान जारी गरेको र त्यसको कार्यान्वयन गर्न पनि कांग्रेसकै नेतृत्व आवश्यक भएकाले यसतर्फ सचेत रहन उहाँले मतदाताहरुलाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा समानुपातिक उम्मेदवार साबित्रा राना, जिल्ला पार्टि सभापति कृति बहादुर खड्का, पूर्व सभापति विरकेशरी गौतम, पुर्व पार्टि सभापति घनस्याम रेग्मी, क्षेत्रिय सभापति भुप बहादुर डाँगी लगायतले मन्तव्य राख्नुभएको थियो ।