Home / Feature Breaking news / सांसद देवकोटाद्धारा दाङको विकासमा सरकारको ध्यानआकर्षण

सांसद देवकोटाद्धारा दाङको विकासमा सरकारको ध्यानआकर्षण

घोराही, १५ साउन ।
सांसद अनिता देवकोटाले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधयेक किन कानुन मन्त्रलायमा अलपत्र परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आजको व्यवस्थापिका संसदमा दाङका सांसद देवकोटाले दंगाली जनताले बढो चासोका साथ लिएको राप्ती उपक्षेत्रिय अस्पताललाई स्वास्थ्य विज्ञान प्रष्ठिान बनाउने विधयेक रोकिनु गलत भएको भन्दै ध्यानआकर्षण गराउनुभएको हो ।

त्यसैगरी विकास निर्माण तर्फ सरकारको ध्यानाकर्षण गराउँदै सांसद देबकोटाले दाङ जिल्ला राप्तीकै मुख्य द्वारा भएकाले लमही घोराही तुलसीपुर सडक खण्ड चार लेनको बनाउन माग गर्नुभयो । बढ्दो उद्योग व्यवसाय सँगै सडकको समेत स्तर बृद्धिमा तत्काल ध्यान दिन सरकारको ध्यानआकर्षण गराउनुभएको हो ।

यसैगरी सांसद देबकोटाले दाङको शान्ति सुरक्षा प्रति जिम्मेवार बन्न सरकारलाई आग्रह गर्नुभयो । तुलसीपुर आपराधिक गतिविधिको केन्द्रविन्दू बनेको भन्दै समग्र जिल्लाको सुरक्षा व्यवस्था मजबुत बनाई बाँच्न र व्यवसाय गर्न पाउने अधिकारको ग्यारेन्टि गर्न पनि माग गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*