Home / Feature Breaking news / प्रादेशीक राजधानीका लागी दाङ सक्षम छः जनप्रतिनीधी

प्रादेशीक राजधानीका लागी दाङ सक्षम छः जनप्रतिनीधी

पार्वति बस्नेत
घोराही, १५ साउन
प्रादेशीक राजधानी बन्नकालागी दाङ सक्षम भएको दाङका जनप्रतिनीधीहरुले बताएका छन । भौतीक संरचना, वातावरण्ीय एवं भौगोलीक आधार, माटो, भौतीक पुर्वाधार, जलस्रोत र सुरक्षा लगायत सम्पूर्ण दृष्टिले प्रदेश नम्बर ५ को राजधानी बन्न दाङ सक्षम रहेको जनप्रतिनीधीहरुको भनाई छ । साथै यसको अगुवाई आफूहरुले गर्ने जनप्रतीनीधीहरुले प्रतिवद्धता व्यक्त गरेका छन् ।
नेपाल पत्रकार महासंघ दाङको आयोजनामा आईतवार घोराहीमा भएको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत सम्मानका साथै दाङलाई स्वच्छ, समृद्ध प्रादेशिक राजधानी निर्माण गर्नका लागी सरोकारवालाहरुको भूमीका विषयक अन्तरक्रिया कार्यक्रममा जनप्रतिनीधीहरुले यस्तो बताएका हुन् ।

20479807_10212120379636034_1619968775280548935_n
नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासनको अध्यक्षता एंव नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अजयदिप शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले राजधानीकालागी दाङ उपयुक्त हुदा हुदै पनि अझै आवश्यक पूर्वाधारहरुको निर्माण र विकासकालागी लाग्न जनप्रतिनिधीहरुलाई अनुरोध गरेका थिए । उनीहरुले विकास निर्माणका कामलाई योजनाबद्ध र व्यवस्थीत तरिकाले अगाडी लैजान सकेमात्र दाङ प्रादेशिक राजधानि बन्न सक्ने पनि बताए । संघीय संरचनामा राजधानी बनाउनका लागी भौतीक पुर्वाधार, स्रोतको पहीचान स्रोतको आकंलन, पुर्वाधार विकास सडक यातायात पुलपुलेसो प्राकृतिक सम्पदा पनि त्यतीकै आवश्यक रहेको भन्दै यसतर्फ गंम्भीर भएर लाग्न पनि अनुरोध गरेका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अजयदिप शर्माले दाङ प्रादेशीक राजधानी बन्ने उपयुक्त स्थान भएकोमा कुनै शंका नरहेको वताउदै जिल्लामा सबै दलको सहमतिमा साझा रोडम्याप बनायर अगाडी जान जरुरी रहेको वताउनु भयो । सहभागीहरुले उच्च अदालतको मुकाम तुल्सीपुरमा स्थापना हुनु, पाच नम्वर प्रदेशको इन्धन डिपो तुल्सीपुरमा स्थापना गर्ने सरकारको निर्णय, राप्ती उपक्षेत्रीय अस्पताललाइ स्वास्थ्य विज्ञान प्रतिष्ठान वनाउने गरि वजेट विनीयोजन गर्नु, सत्य निरुपण तथा मेलमीलाप आयोगको पाच नम्वर प्रदेशको मुकाम तुल्सीपुरमा स्थापना हुनुले पनि दाङ पाच नम्वर प्रदेशको राजधानी बन्नलाइ मार्ग प्रशस्त गरेको भन्दै अब राजनीतीक दलहरुले पनि शिर्ष नेतृत्वलाइ दबाब दिनुपर्नेमा जोड दिएका छन् । प्रमुख अतीथी शर्माले भौतिक पुर्वाधारका साथै मानवीय संसाधन पनी राजधानीका लागी आवश्यक पर्ने भन्दै त्यसतर्फ ध्यान दिनु आजको आवश्यक्ता रहेको बताउनु भयो ।

20476208_10212120380516056_7582241033450046410_n
कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले संघीय शासनको विशेषता के हो भनेर अझैपनि बहस चलाउन जरुरी रहेको बताउनुभयो । साथै शहरी विकास निर्माणका कार्यक्रमहरुलाई व्यवस्थीत ढल निकास, सब्जीमण्डी, बधशाला निर्माण लगायतका कुराहरुलाई कसरी व्यवस्थीत तरिकाले लैजान सकिन्छ भन्ने विषयमा छलफल कार्यक्रम सहित आफुहरु अगाडी बढेको बताउनुभयो । चौधरीले अबका दिनहरुमा सामाजिक, सांस्कृतिक लगायतका कामहरु योजनाबद्ध र तीव्र गतिमा हुने बताउनुभयो ।
तुलसीपुर उपमाहानगरपालिकाका उपप्रमुख माया आर्चायले दाङलाई प्रादेशिक राजधानि बनाउनका लागी आफुहरु एकजुट भयर काम गर्न प्रतिवद्ध रहेको बताउनुभयो । तुलसीपुरमा रहेको एयरपोर्टलाई पुनःसंचालनमा ल्याउनका लागी आफुहरुले पहल गरिरहेको पनि उहाँको भनाई छ ।
बंगलाचुली गाउपालिकाका अध्यक्ष भक्त बहादुर वलीले दाङको समृद्ध विकासका लागी आफुहरु हरदम तयार रहेको बताउदै दाङ प्रादेशिक राजधानी निर्माणका लागी सम्पुर्ण दंगाली एक भएर अगाडी बढ्न प्रतिवद्ध रहेको बताउनुभयो ।

20479807_10212120379636034_1619968775280548935_n
कार्यक्रममा बोल्दै ने.क.पा माओवादी केन्द्र घोराहीका अध्यक्ष विश्वराज आर्चायले माओवादी पार्टीले दाङलाई प्रादेशिक राजधानी बनाउनका लागी पार्टी नै प्रतिवद्ध रहेको र पार्टीले नै दाङलाई राजधानी बनाउने कुरामा साझा धारणा अगाडी सारेको बताउनुभयो ।
दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष एवं दाङ प्रादेशीक राजधानी सरोकार समितिका सयोजक हेमराज बन्जाडेले दाङलाई प्रादेशिक राजधानी बनाउनका लागी पूर्वाधारहरु प्रसस्त रहेकाले सम्पुर्ण राजनितिक दल, प्रतिनिधि लगायतका सम्पुर्ण व्यक्तिहरु एकजुट भयर प्रतिवद्ध तरिकाले लागेमा दाङ प्रादेशिक राजधानी हुनवाट बञ्चित नहुने बताउनुभयो ।

20429783_10212120381636084_3988496774013222067_n
महासंघका उपाध्यक्ष लिला शाहको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा दंगीशरण गाउपालिकाका अध्यक्ष भागिराम चौधरी, तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव रुप बहादुर खत्री, लोकराज पराजुली, विवेक न्यौपाने लगायतले बोल्नुभएको थियो ।
नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष तथा सल्लाहाकार एवं राप्ती सन्देश डट् कमका सम्पादक सुदिप गौतमले कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पार्नुभएको थियो । गौतमले प्रादेशिक राजधानी निर्माणकालागी १० स्थानीय तहका जनप्रतिनिधिहरु एकजुटका साथ अगाडी बढ्न जरुरी रहेको बताउनुभयो । दाङ जिल्ला आन्तरिक आम्दानीका हिसावले १८ औँ स्थानमा रहेकाले अब दाङ जिल्लाको आन्तरिक आम्दानी बढाउनका लागी निर्वाचित जनप्रतिनिधिहरुले एकबद्ध भयर जिल्लामा रहेको बन क्षेत्र र कोइलाबासको भन्सारलाई सदुपयोग गरेर अगाडी बढ्नुपर्ने कुरामा जोड दिनुयभो । कार्यक्रमको सहजीकरण महासंघका सचिव भुपेन्द्रप्रकाश वलीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*