दाङ,६ असार । दाङको घोराही उप—महानगरपालिका वडा नं २ रामपुर स्थित विलियम शेक्सपियर अंग्रेजी विद्यालयले आज शुक्रवार विद्यालयमा अध्ययनरत विद्यार्थी र अभिभावकहरुको निशुल्क आँखा जाँच गराइएको छ ।
यस बर्षदेखि नयाँ ब्यवस्थापनका साथ शुरु भएको सो स्कुलले घोराहीको तुल्सीपुर चौकमा रहेको रि—भिजन आइ क्लिनिकको सहयोगमा विद्यालयमा अध्ययनरत विद्यार्थी र अभिभावकहरु गरी करिव तीन सय जनाको आँखा परिक्षण गरिएको विद्यालयका प्रिन्सिपल शिव भण्डारीले जानकारी दिए । क्लिनिकका इन्चार्ज नितेष कवरको नेतृत्वको टोलीले आँखा परिक्षण कार्य भएको थियो । विद्यालयले सञ्चालन गर्ने नियमित बार्षिक स्वास्थ्य परिक्षण कार्यक्रम अन्र्तगत निशुल्क स्वास्थ्य परिक्षण गरिएको विद्यालयले जनाएको छ ।
घोराहीको ज्योतिपुञ्ज आवासिय माध्यमिक विद्यालयको पूर्ण ब्यवस्थापन हुने गरी सञ्चालन गरिएको विलियम शेक्सपियर अंग्रेजी विद्यालयले मासिक परिक्षा, नियमित मासिक अभिभावक अन्र्तक्रिया र गुनासो सुनुवाई, द्यिार्थीको दैनिक ट्याकिङ, मन्टेश्वरी तथा मल्टिमिडियाको विधिबाट पाठनपाठन, कम्युटर प्रिन्टेड होमवर्क, अफ टाइम टिचिङ लर्नीङ गतिबिधि, बुक कर्नरको ब्यवस्था, योग तथा डान्स कक्षाको ब्यवस्था सहित नियमित अतिरिक्त क्रियाकलाप, हरेक कक्षामा पुरक परिक्षाको ब्यवस्था, निरन्तर विद्यार्थी मूल्याङ्कन, परियोजना कार्य, संस्कार तथा नियमित स्वास्थ्य परिक्षण सहित आधुनिक विधिबाट कक्षा सञ्चालन गरिदै आएको विद्यालय ब्यवस्थान समितिका अध्यक्ष गोपाल खनालले जानकारी दिए ।
RaptiSandesh RaptiSandesh