घोराही, ५ असोज
दाङको घोराहीमा शनिवारदेखी सुरु भएको प्रथम शक्तिमान बुढा मगर स्मृति फुटबल प्रतियोगिता–२०८२ को दोस्रो दिन भएको खेलमा घोराही १४, मौरिघाट फुटबल क्लब र एनजीएफसी बिजयी भएका छन् ।
युनाइटेड नयाँ बजार युवा क्लब (युएनबीसी) को आयोजनामा घोराही उपमहानगरपालिका–१७ उखुवारीस्थीत लुम्बिनी फुटबल एकेडेमीको खेल मैदानमा जारी प्रतियोगिता अन्तरगत आईतवार भएको खेलमा घोराही १४ ले लुम्बिनी फुटबल एकेडेमीलाई शुन्यका विरुद्ध २, मौरिघाट फुटबल क्लबले बिएफएललाई १ का विरुद्ध २ र एनजेएफसीले यूएनबिसीलाई शुन्यका विरुद्ध १ गोलले पराजित गरेका थिए ।
प्रतियोगिता अन्तरगत शनिवार भएको उद्घाटन खेलमा बबई फुटबल एकेडेमीलाई ० का विरुद्ध एक गोलले पराजित गर्दै बडहरा युवा क्लब बिजयी भएको थियो ।
प्रतियोगिता अन्तरगत सोमवार पनि ३ खेल हुने छन् । जसमा बिहान ७ बजे घोराही एफ.ए र अटल युवा क्लब, दिउसो १ बजे गढवा एफ.सी र गुर्जे एफ.सी र दिउसो ३ बजे नेपाल पुलिस र टरिगाँउ बिच प्रतिस्पर्धा हुने खेल संयोजक गोपाल कुवरले जानकारी दिनुभयो ।
प्रतियोगिताको बिजेता टिमले नगद एक लाख ५० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेता टिमले नगद ७० हजार रुपैयासहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा १८ वटा टिमको सहभागीता रहेको छ ।
RaptiSandesh RaptiSandesh