Home / समाचार / गुगलले सगरमाथालाई चीनतर्फ देखाएको भन्दै विरोध र्‍याली

गुगलले सगरमाथालाई चीनतर्फ देखाएको भन्दै विरोध र्‍याली

 चैत १२- काठमाडौं । सर्चइन्जिन गुगलले सगरमाथालाई चीनमा देखाएको बिरोधमा सुनसरीको इटहरीमा विरोध र्‍यालीको आयोजना गरिएको छ ।

शुक्रबार बिहान इटहरी चोकमा आयोजना गरिएको र्‍यालीमा नागरिक समाज, पत्रकार तथा सर्वसाधारणको उपस्थिति रहेको थियो । र्‍यालीका सहभागीहरुले सर्चइन्जिन गुगललाई गल्ती सुधार गर्न आग्रह गरेका थिए । उनीहरुले सगरमाथा नेपालको भएका भन्दै विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

विश्वभर नेपाललाई चिनाउने सगरमाथालाई पछिल्लो समय विश्वचर्चित सर्च इन्जिन गुगलले उसको म्यापमा चिनियाँ भूभागतर्फ देखाउन थालेपछि इन्टरनेट प्रयोगकर्ता सशंकित भइरहेका छन् । केही सातायता गुगल म्यापमा नेपालको सगरमाथालाई चीनको टिंग्री जिगेज चीनमा देखाइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*