Home / Feature Breaking news / दशैमा वडाका अति विपन्न परिवारलाई खाद्यान्न सहयोग

दशैमा वडाका अति विपन्न परिवारलाई खाद्यान्न सहयोग

घोराही, २४ असोज

तुलसीपुर उपमहानगरपालिका वडा न. १३ ले वडाबासी अति विपन्न परिवारहरुलाई खाद्यान्न सहयोग गरेको छ । नेपालीहरुको महान् पर्व विजयादशमीको अवसरमा वडाका अति विपन्न परिवारहरुलाई खाद्यान्न सहयोग गरेको हो ।

वडाअध्यक्ष मोहनलाल पौडेलको नेतृत्वमा वडाबासीहरुलाई खाद्यन्न एवं आवश्यक सामाग्रीहरु सहयोग गरिएको हो । हिन्दुहरुको महान् पर्वमा कोही वडाबासीहरुपनि भोकै बस्नु नपरोस् भनेर खाद्यान्न सहयोग गरिएको वडअध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

‘नेपालीहरुको महान् पर्व दशै भित्रिसकेको छ यो समयमा सबैले मिठो मसिनो खाने भनेर तयारीमा रहनुभएको छ, तर अति विपन्न परिवारहरु साँझा बिहानको हात जोड्नकालागी समस्या छ । उहाँहरुलाई चाडपर्वको समयमा कमसेकम खानको समस्या नहोस् भनेर वडाले सहयोग गरेको हो’ वडाअध्यक्ष पौडेलले भन्नुभयो–‘वडाबासीहरुको अभिभावक वडा कार्यालय हो । हामी उहाँहरुको जनप्रतिनिधी हो त्यसैले यो सहयोग गरेका हौँ । हामी तपाईहरुको साथमा छौँ भन्ने अनुभुति गराउनु हाम्रो दायित्व हो ।’

विभिन्न सहयोगीहरुको सहयोगमा खाद्यान्न सहयोग गरिएको वडा कार्यालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*