सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज प्रतितोला पाँच सय रुपैयँले वृद्धि भएको छ ।
सोमबार प्रतितोला एक लाख ५९ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५९ हजार सात सय रुपैयाँ निर्धारण भएको छ । नेपाली बजारमा यो मूल्य हालसम्मकै उच्च हो । अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्यवृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको हो ।
यस्तै, चाँदीको मूल्य आज तोलामा पाँच रुपैयाँले घटेको छ । सोमबार प्रतितोला एक हजार नौ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि एक हजार नौ सय १५ रुपैयाँ निर्धारण भएको छ ।
RaptiSandesh RaptiSandesh