Home / Feature Breaking news / अत्याधुनिक भौतिक पुर्वाधार सहित नँया शैक्षिक योजनामा रमना पाठशाला

अत्याधुनिक भौतिक पुर्वाधार सहित नँया शैक्षिक योजनामा रमना पाठशाला

घोराही, २६ चैत ।

घोराहि उपमहानगरपालीका वडा नं १२ मा रहेको रमना पाठशालाले शैक्षिक सत्र २०८०मा अत्याधुनिक भौतिक संरचना सहित नँया शैक्षिक योजना अघि सारेको छ । रमना पाठशाला आज बिद्यालकाये हाता भित्र पत्रकार सम्मेलनको आयोजना गरेर नँया योजनाका बारेमा जानकारी गराएको हो । विद्यालयले संस्कारिक र सीपमूलक शिक्षा आफ्नो प्राथमिकता रहेको समेत बताएको छ । नयाँ शैक्षिक सत्रका योजनाबारे जानकारी दिँदै पाठशालाका शैक्षिक निर्देशक कृष्णदेव थापाले खेलकुद, कला, संगीतलगायतका क्षेत्रलाई प्राथमिकता दिइएको बताउनुभयो ।

नयाँ शैक्षिक सत्रमा कक्षा १० सम्मको पठनपाठन सुरु गर्न थालेको पाठशालाले कम्प्युटर, साइन्स ल्यावलगायतका सुविधा विद्यार्थीहरुलाई दिएको बताउनुभयो ।राम्रो शिक्षा लिनकै लागि घोराही बजार पुग्नुपर्ने बाध्यताको अन्त्य गरिएको भन्दै उहाँले दक्ष शिक्षकहरुबाट गुणस्तरीय शिक्षा उपलव्ध गराइने बताउनुभयो । विद्यालयले ३ सय विद्यार्थीमध्ये ६० जना दलित, जेहेन्दार, गरीव, जनजाति तथा विपन्नलाई निःशुल्क पठन पाठन गराइरहेको जनाएको छ ।

विद्यालय जानै नसक्नेहरुका लागि निःशुल्क पठनपाठनको व्यवस्था गरेको पाठशालाका शैक्षिक निर्देशक थापाले जानकारी दिनुभयो । विद्यालयले सरकारले निर्धारण गरेको नियमित पाठ्यक्रमसँगै स्थानीय पाठ्यक्रम लागु गर्न लागेको जनाएको छ । थापाले घोराही र दाङको चिनारी र यसक्षेत्रको प्राकृतिक सम्पदा, ऐतिहासिक स्थान, भुगोललगायत संस्कार, संस्कृतिलाई स्थानीय पाठ्यक्रममा समेटिएको बताउनुभयो । विद्यालयमा नियमित स्वास्थ्य जाँच गर्न एक जना हेल्थ असिष्टेन्टको व्यवस्था गरिएको र वेड राखेर २४ सै घण्टा विद्यार्थीहरुको स्वास्थ्य जाँच पनि भइरहेको बाउनुभयो । मल्टिमिडियामा आधारित अध्यापन रहेको रमना पाठशालामा होली, माघी, दशैँ, धान दिवस, तीजलगायत सांस्कृतिक पर्वमा विद्यार्थीहरुकै सहभागितामा मनाइने विद्यालयले जनाएको छ ।

रमणीय क्षेत्रमा रहेको पाठशाला आगामी वर्ष पूर्ण वातावरणमैत्री बनाउने योजना रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।पाठशाला सञ्चालक समितिका अध्यक्ष बलबहादुर बुढाको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष सविन प्रियाशनको प्रमुख आतिथ्यतामा भएको थियो । प्रिन्सिपल विष्णु हमालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विद्यालयका योजना र शैक्षिक गतिविधिबारे शैक्षिक निर्देशक कृष्णदेव थापाले प्रस्तुति राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*