दाङ, १५ चैत
दाङमा हत्याको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बंगलाचुली गाँउपालिका २ मर्पेसका एक पुरुषलाई हत्या गरेको आरोपमा मृतकको । श्रीमति र छोरालाई प्रहरीले पक्राउ गरेको हो ।
मंगलवार राति करिब साढे ९ बजेको समयमा ४० बर्षीय रेशम सुनारलाई श्रीमति ३२ बर्षकी कमला सुनार र छोरा १७ बर्षका शिवराज सुनारले घरमा कोदालोले टाउकोमा प्रहार गरी हत्या गरेको आरोपमा कमला र शिवरावलाई प्रहरीले पक्राउ गरेका जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी एवं सुचना अधिकारी राजनकुमार गौतमले जानकारी दिनुभयो ।
घटनापश्चात वडा अध्यक्ष मार्फत जानकारी प्राएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक मीरा खड्का र ईलाका प्रहरी कार्यालय कमिरेचौर बाट प्रहरी सहायक निरिक्षक सहदेब योगी र को कमाण्डमा गएको प्रहरीटोलीले मृतकको श्रीमति कमला सुनार र छोरा शिवराज सुनारलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।