Home / Feature Breaking news / भरुवा बन्दुकसहित सिकारी पक्राउ

भरुवा बन्दुकसहित सिकारी पक्राउ

दाङ,२४ असार । दाङ प्रहरीले भरुवा बन्दुकसहित सिकारीलाई पक्राउ गरेको छ ।

अबैध घरेलु हतिहार भरुवा बन्दुक लिई दंगीशरण गाउँपालिकाको तिलकन्या सामुदायिक वनमा सिकार खेल्न हिडिरहेको अवस्था प्रहरी विहिवार दिउँसो दंगीशरण गाउँपालिका वडा नं.२ निवासी २४ बर्षीय मेघराज पुनमगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक एव प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।

गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुर र प्रहरी चौकी गोल्टाकुरीको संयुक्त प्रहरी टोलीले सामुदायिक वनको ड्वाङड्वाङे चौरमा घरेलु हरियार भरुवा बन्दुक बोकी हिडिरहेको अवस्थमा पक्राउ गरेको थियो । पक्राउ परेका पुनमगरमाथि थप आवश्यक अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*