राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद् अधिवेशन आह्वान गरेकी छन् ।
मन्त्रिपरिषद्को पहिलो बैठकबाट संसद्को अधिवेशनका लागि भएको सिफारिसअनुरूप राष्ट्रपति भण्डारीले अधिवेशन आह्वान गरेकी हुन् ।
नवनिर्वाचित संसद्को पहिलो बैठक पुस २५ गते बस्नेछ ।
राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार राष्ट्रपति कार्यालयले केही बेरमा विज्ञप्ति जारी गर्दै छ ।
RaptiSandesh RaptiSandesh