घोराही, ९ भदौ
ट्राफिक प्रहरीले स्वरुप परिवर्तन (मोडिफाई) गरेका मोटरसाईकलहरुलाई कारबाही गर्न सुरु गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका अनुसार एक महिनाको अवधीमा ५० वटा सवारी साधनलाई कारबाही गरिएको छ ।
साईलेन्सर पाईपको स्वरूप परिवर्तन (मोडिफाई) गरी ठुलो अवाज निकाली (ध्वनी प्रदुषण) गरी चलाएका मोटरसाईकलहरूलाई कार्यालयको नियन्त्रणमा लिई कम्पनिकै साईलेन्सर पाईप राख्न लगाई आवश्यक कानुनी कारवाही गरी सम्बन्धित सवारी धनीहरूलाई जिम्मा लगाउने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक झविन्द्र परियारले जानकारी दिनुभयो ।
विशेष गरि बुलेट बाईकहरुमा यो समस्या देखिने गरेको उहाँको भनाई छ ।
‘बाईकको साईलेन्सर परिबर्तन गरि ठुलो आवाज आउने भएकाले ध्वनि प्रदुषण भएको गुनासो आउन थालेपछि हामीले त्यस्ता बाईकहरुलाई निगरानी गर्न थालेका हौँ’ उहाँले भन्नुभयो– उहाँले भन्नुभयो– ‘विशेष गरि बुलेट बाईकहरुमा यो समस्या देखिएको छ । एक महिनाको अवधिमा ५० जति बाईकलाई कारबाही गरिएको छ ।’
परियारले बाईकहरु मोडीफाई नगर्न अनुरोध गर्दै ट्राफिक नियमको पालना गर्न सम्पूर्णमा अनुरोध गर्नुभयो ।
सवारी तथा यातायात व्यवस्था ऐनमा स्वरूप परिवर्तन गरी सवारी चलाएमा सोही ऐन बमोजिम कारबाही हुने ट्राफिक प्रहरीको भनाई छ ।
RaptiSandesh RaptiSandesh