Home / Feature Breaking news / एम्बुलेन्समा जरायोको सिङ ल्याउँदै गर्दा दाङबाट तीन पक्राउ

एम्बुलेन्समा जरायोको सिङ ल्याउँदै गर्दा दाङबाट तीन पक्राउ

दाङ, १० साउन । एम्बुलेन्सबाट संरक्षित वन्य जन्तु जारायोको दुई थान सिङसहित तीन युवा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बबई गाउँपालिका वडा नं १ गंगटे निवासी २२ वर्षीय जीवन घर्ती, बबई ४ हापुरे निवासी २९ वर्षीय इन्द्रबहादुर केसी र सल्यान जिल्लाको शारदा नगरपालिका वडा नं. ४ साइलाकाम्दा निवासी २२ वर्षीय विनोद वली रहेका छन्।

पश्चिम बबईको हापुरेबाट पूर्व तुलसीपुरतर्फ आउँदै गरेको रा १ च ४९७ नम्बरको एम्बुलेन्स तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ गहते खोला नजिक जाँच गर्ने क्रममा उनीहरुको साथबाट जरायोको सिङ बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक एव प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।

पक्राउ परेकामध्ये केसी एम्बुलेन्स चालक हुन्। पक्राउ परेकाहरुको थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी प्रवक्ता रिजालले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*