Home / Feature Breaking news / नेपाल बैंकको डबल धमाका मुद्धती खाता योजना

नेपाल बैंकको डबल धमाका मुद्धती खाता योजना

दाङ,१३ साउन । नेपाल बैंक लिमिटेडले डबल धमाका खाता योजना ल्याएको छ । सरकारी स्वामित्वसहित वि.सं १९९४मा स्थापना भएको बैकले सेवा सुरुवात गरी निरन्तर रुपमा ग्राहकहरुलाई सेवा दिदै आएको छ ।

नेपालको सबैभन्दा पुरानो बाणिज्य बैंक नेपाल बैंक लिमिटेडले प्रतिस्पर्धी बजारलाई मध्यनजर गर्दै ग्राहक वर्गहरुलाई उच्चतम प्रतिफल प्रदान गर्ने उद्देश्यका साथ नेपाल बैंक डबल धमाका मुद्वती खाता संचालनमा ल्याएको हो । यस खाताअन्तर्गत व्यक्तिगत, संस्थागत रुपमा नेपाल बैकमा मुद्वती खाता खोल्ने ग्राहकहरुले यो अवसर प्राप्त गर्ने छन् ।

व्यक्तिगत रुपमा मुद्वती खाता खोली आफनो पैसा बचत गर्न चाहाने ग्राहकले व्यक्तिगत रुपमा मुद्वती खाता खोल्न सक्नेछन् भने आफ्नो फर्म वा संस्थामा जम्मा भएको पैसालाई बचत गर्नको लागी संस्थाको नाममा पैसा जम्मा गरिदिन चाहाने ग्राहकले संस्थागत मुद्वती खाता खोल्न सक्ने छन् ।

धमाका योजना अनुसार व्यक्तिगत मुद्वती खाता खोली उक्त खातामा पैसा जम्मा गर्दा ग्राहकले आज उक्त खातामा जम्मा गरेको पैसा ६ बर्ष ४ महिना २० दिनमा दोब्बर रकमका साथ फिर्ता पाउने छन् ।

त्यस्तै संस्थागत मुद्वती खाता खोली उक्त मुद्वती खातामा पैसा जम्मा गर्दा ग्राहकले आज जम्मा गरेको पैसाको दोब्बर रकम ७ बर्ष ३ महिना फिर्ता पाउनेछन् । यस्तो खातामा पैसा जम्मा गर्दा पैसाको सुरक्षाका साथै छोटो अवधीमै आज बचत गरेको पैसा दोब्बर हुने हुँदा ग्राहकका लागी बैंकले धमाका योजना प्रभावकारी हुने बैकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*