Home / Feature Breaking news / डेंगुको सहज उपचार र नियन्त्रणकालागी प्रभावकारी कदम चाल्न सरकारलाई पत्रकार महासंघको अनुरोध

डेंगुको सहज उपचार र नियन्त्रणकालागी प्रभावकारी कदम चाल्न सरकारलाई पत्रकार महासंघको अनुरोध

घोराही, ११ असोज

पछिल्लो समय देशभर फैलिएको डेंगुको सहज रुपमा उपचार र डेंगुको नियन्त्रणकालागी प्रभावकारी कदम चाल्न नेपाल पत्रकार महासघ दाङ शाखाले सरकारलाई अनुरोध गरेको छ ।

पत्रकार महासंघ दाङ शाखाको मंगलवार घोराहीमा बसेको बैठकले डेंगुको संक्रमण बढिरहेकाले डेंगु सहज उपचार र नियन्त्रणमा प्रभावकारी कदम चाल्न सरकारलाई अनुरोधगरेको हो । साथै डेंगु संक्रमित पत्रकारहरुको अभिलेख राखी उपचारमा कुनै समस्या भए सहजिकरण गर्ने निर्णय गरेको छ ।

नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा बसेको बैठकले नेपाल पत्रकार महासंघ जिल्ला शाखाहरुको साधारण सभा कार्तिक मसान्तसम्म सम्पन्न गर्नुपर्ने नेपाल पत्रकार महासंघ केन्द्रिय समितिको निर्णय अनुसार नेपाल पत्रकार महासंघ दाङ शाखाको साधारण सभा २०७९ कार्तिक १९ गते घोराहीमा गर्ने निर्णय गरेको छ ।

यस्तै हिन्दुहरुको महान् पर्व बिजयादशमी, शुभ दिपावली तथा छठ पर्व– २०७९ को अवसरमा सम्पूर्ण हिन्दु धर्मालम्बीहरुमा शुभकामना व्यक्त गर्दै दशै मिलन कार्यक्रम आलोपालो प्रणाली अनुसार निवर्तमान अध्यक्ष एवं सल्लाहकार सविन प्रीयासनको व्यवस्थापनमा यही असोज २२ गते घोराहीमा आयोजना गर्ने निर्णय गरेको पत्रकार महासंघ घोराही शाखाका सचिव आर.के.शीतलले जानकारी दिनुभयो ।

यस्तै नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति शिवहरी मरहठ्ठाले स्थापना गरेको ‘पण्डीत लिलाकान्त मरहठ्ठा पुरस्कार’ ५१ हजार रुपैयाको कोषमा एक लाख रुपैया थप गरेकोले धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*