शुक्रबार देशभर २ हजार ५२६ कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ११ हजार ७३ जनाको कोभिड परीक्षण गरिएको थियो ।
२४ घण्टामा ८ हजार ४२५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख ९५ हजार ८६८ जना संक्रमणमुक्त भइसकेका छन् ।
त्यसैगरी आज १६ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार ७९४ जनाको मृत्यु भइसकेको छ ।
देशभर सक्रिय संक्रमित ५६ हजार ४५७ जना छन् ।
RaptiSandesh RaptiSandesh